गणेश कार्कीको अध्यक्षतामा नेपाल भेट्स मेडिकल-रिप्रिजेन्टेटिभ्स एसोसिएसनको नयाँ नेतृत्व चयन

काठमाडौं । नेपाल भेट्स मेडिकल-रिप्रिजेन्टेटिभ्स एसोसिएसन काठमाडौं शाखाको छैठौं साधारण सभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।
आज काठमाडौंमा सम्पन्न अधिवेशनले गणेश कार्कीलाई अध्यक्ष चयन गरेको छ। उपाध्यक्षमा सविन भट्ट, सचिवमा कृष्ण पण्डित, कोषाध्यक्षमा दिपेन्द्र बुढाथोकी, र सह-सचिवमा रमेश सापकोटा चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा सरोज खड्का, नवीन चौलागाईं, कृष्णसिंह चैलिर, सविन खड्का, अनिल के.सी. र सुदीप घिमिरे चयन भएका छन्।
नयाँ नेतृत्वले संगठनको सुदृढीकरण, भेटेरिनरी औषधि बजारको विकास तथा प्रतिनिधिहरूको हकहित संरक्षणका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया