पशु चिकित्सा परिषद् निर्वाचनः २०४९ मतदाता, तीन उम्मेदवारले उपाध्यक्ष पदमा दाबी प्रस्तुत

काठमाडौं । नेपाल पशु चिकित्सा परिषदको आगामी माघ ५ गते हुने निर्वाचनको लागी निर्वाचन समितिले २०४९  भेटेरिनरीयन मतदाताहरूको नामावली सार्वजनिक गरेको छ । परिषदले पुस १७ गते प्रकासित २०४९ जनाको सुचीमा पहिलो नम्बरमा डा. भोला मेहर श्रेष्ठ र अन्तिम नम्बरमा डा. प्रविन महता रहेको छ । मतदाता नामावलीमा कुनै त्रुटि भएमा माघ १ गतेभित्र सच्याउनको लागि दाबी तथा विरोध गर्न सकिने व्यवस्था गरिएको छ । अन्तिम मतदाता नामावली भने माघ २ गते प्रकाशित हुनेछ ।

नेपालको पशु चिकित्सकीय क्षेत्रको नियमन, विकास र विशेषज्ञता अभिवृद्धिका लागि काम गर्ने नेपाल पशु चिकित्सा परिषद् सरकारी स्वायक्त नियामक निकाय हो।  यसको प्रमुख उद्देश्य पशु चिकित्सा पेशालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउनु हो । परिषद् अन्तर्गत पशु चिकित्सकहरूको दर्ता, उनीहरूको प्रमाणिकरण, र भेटेरिनरी शिक्षण संस्थाहरूको मान्यता प्रदानजस्ता कामहरू गरिन्छ।

आगामी माघ ५ गते हुने नेपाल पशु चिकित्सा परिषद्को निर्वाचनले आगामी चार वर्षका लागि परिषद्को नेतृत्व चयन गर्नेछ। यस निर्वाचनमार्फत परिषद्का उपाध्यक्ष, र सदस्यहरू चयन हुनेछन्।
परिषदको निर्वाचन तालिकाममा मतदानको दिन नजिकिदै गर्दा उम्मेदवारी घोषणा गर्दै आफ्‌ना कार्ययोजनाहरु समेत सार्वजनिक भईरहेका छन् ।

हालसम्म डा. शितलकाजी श्रेष्ठ ले उपाध्यक्ष पदमा उम्मेदवारी घोषण गर्दै परिषद् र भेटेरिनरी पेशाको विकासमा दीर्घकालीन सुधारका लागि आफ्नो एजेन्डा प्रस्तुत गरेका छन्। उनले आफ्नो उम्मेदवारीले पेशाको आधुनिकिकरण र सुदृढीकरणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तै,डा. जगदीश पाण्डेयले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै भेटेरिनरी पेशाको नैतिक, प्राविधिक र पेशागत सुरक्षामा जोड दिएका छन्। उनले निजी र सरकारी क्षेत्र दुवैमा भेटेरिनरी पेशाको सम्मानजनक स्थान बनाउन प्रयास गर्ने बताएका छन्। उनका मुख्य उद्देश्यहरूमा भेटेरिनरी नैतिक आचारसंहिता निर्माण, पेशागत मापदण्डको कार्यान्वयन, र युवावर्गका लागि ज्ञान र अनुभव आदानप्रदानको कार्यक्रम सञ्चालन रहेको छ।

यस्तै अर्का उम्मेदवार डा. मनोज कुमार शाहीले आफ्ना एजेन्डाहरू प्रस्तुत गर्दै संघीय निजामती सेवामा चिकित्सकहरूको हकअधिकार सुनिश्चित गर्ने र निजी भेटेरिनरी चिकित्सकहरूको सुरक्षामा ध्यान दिने बताएका छन्। उनले आफ्नो योजनाहरू सार्वजनिक गर्दै पेशागत सुरक्षाका लागि ठोस कार्ययोजना ल्याउने प्रतिबद्धता गरेका छन्।
यस्तै परिषदको सदस्य पदमा समेत उम्मेदवारी घोषणा भईरहेका छन् ।

निर्वाचन प्रक्रियाको थप जानकारी परिषद्को कार्यालय र वेबसाइट मार्फत उपलब्ध भएको जानकारी परिषदले दिएको छ साथै सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गरी योग्य प्रतिनिधि चयन गर्न परिषद्ले आह्वान गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *