आजदेखि पश्चिमी क्षेत्रमा कृत्रिम गर्भाधानका लागि जमेको विर्य वितरण सुरु
काठमाडौँ । आजदेखि पश्चिमका जिल्लाहरुमा कृत्रिम गर्भाधानका लागि जमेको विर्य वितरण सुरु गरिएको छ । राष्ट्रिय पशु प्रजनन कार्यालय कास्कीको नियमित कार्यक्रम जमेको विर्य वितरण सुरु गरिएको हो ।
पश्चिम तराईका जिल्लाहरुमा पशु प्राविधिकहरुले आफूलाई पायक पर्ने सम्पर्क केन्द्रहरुमा गई जमेको विर्य लिन राष्ट्रिय पशु प्रजनन कार्यालय कास्कीले आग्रह गरेको छ ।
कार्यालयले प्रत्येक महिना वितरण गर्ने गरेको जमेको विर्य अबदेखि प्रत्येक डेढ महिना(४५ दिन)को अन्तरालमा वितरण हुने पनि जनाएको छ ।
कहाँ कहाँबाट लिन सकिन्छ जमेको विर्य ?
- विज्ञ केन्द्र पाल्पा
- पशु सेवा शाखा सैनामैना
- पशु सेवा शाखा वाणगंगा
- गोरुसिङ्गे
- विज्ञ केन्द्र तौलिहवा
- पशु सेवा शाखा सियारी
- विज्ञ केन्द्र भैरहवा
- पशु सेवा शाखा तिलोत्तमा
- पशु सेवा शाखा देवदह
- पशु सेवा शाखा सुनवल
- विज्ञ केन्द्र परासी
- पशुसेवा शाखा बर्दघाट
- पशु सेवा शाखा विनयी त्रिवेणी
- विज्ञ केन्द्र कावासोती
- पशु सेवा शाखा भेडाबारी
प्रतिक्रिया