नेपाली धूलो दूध प्रयोग गर्न पोल्ट्री महासंघको अपिल

काठमाडौं । नेपाल पोल्ट्री महासंघले कुखराको दाना तथा भ्याक्सिनमा नेपाली धूलो दूध प्रयोग गर्न उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ ।

कुखुरा तथा पशुपन्क्षीको दाना तथा भ्याक्सिनमा विदेशबाट निर्यात हुने गुणस्तरहीन दूध प्रयोग बढिरहेका बेला महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्वदेशी धूलो दूध प्रयोग गर्न उद्योगी तथा व्यवसायीलाई अपिल गरेको हो ।

स्वदेशी किसानको गुणस्तरीय उत्पादन प्रयोगबाट किसान वर्गमा समुन्नति ल्याउन उद्योगी तथा व्यवसायीलाई यस्तो आग्रह गरिएको महासंघका महासचिव दिनेशराज मिश्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘स्वदेशमा नै गुणस्तरीय मापदण्डका साथ प्रचुर मात्रामा उत्पादन हुँदै आएका नेपाली धूलो दूध (एसएमपी) को प्रयोग नेपाली पोल्ट्री क्षेत्रमा भ्याक्सिनेसनका साथै कुखुरा तथा अन्य पशुपन्छीका दाना उत्पादनमा कुखुरा तथा अन्य पशुपन्क्षीका विभिन्न रोगमा उपचार परिपूरकका रुपमा तथा माउ जातका र अण्डा पार्ने कुखराहरुलगायतमा समेत नियमित प्रयोग गरी उचित प्रतिफल लिनका लागि सबैमा अनुरोध छ,’ महासचिव मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

धूलो दूध कुखुराको दानासँगै भ्याक्सिनमा समेत प्रयोग हुन्छ । नेपालमा नै पर्याप्त मात्रामा गुणस्तरीय धूलो दूध उत्पादन भई रहे पनि त्यसलाई निरुत्साहन गरेर विदेशबाट आयातीत गुणस्तरहीन दूध प्रयोग हुने गरेको छ ।

शनिबार मात्रै कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्डको बैठकले विदेशबाट आयात हुने धूलो दूधमा हुनुपर्ने प्राकृतिक तत्वहरु नहुने, अखाद्य वस्तुका मिसावट हुन सक्ने, आवश्यक क्वारेन्टाइन पूरा नगरी पैठारी हुने, सम्बन्धित निकायहरुमा दर्ता नहुने, किसान तथा पशुपन्क्षी औषधि पसलहरुले त्यस्ता दूध खरीदमा आधिकारिक बिलसमेत नपाउने र त्यस्ता दूध वास्तवमा दूध नै नभएको लगायतका समस्या औंल्याउँदै स्वदेशी दूध प्रयोग गर्न आह्वान गरेको थियो । त्यसको ४ दिनपछि महासंघले पनि स्वदेशी धूलो दूध प्रयोगमा जोड दिँदै विज्ञप्ति जारी गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *