हाम्रो बारेमा

नेपालको भेटेरिनरी क्षेत्रमा पहिलो र एकमात्र राष्ट्रिय म्यागेजिनको रूपमा ‘भेट टाइम्स’ ले ११ वर्षको सफल यात्रा पूरा गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न कार्यक्रम, योजना, र बजारीकरणका विषयलाई आम पाठकहरू माझ पुर्‍याउने उद्देश्यले यसले निरन्तर उत्कृष्ट कार्य गर्दै आएको छ।

देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने पशुपन्छी व्यवसायका हरेक पक्षलाई समेट्दै, यस क्षेत्रमा क्रियाशील विभाग, निर्देशनालय, कार्यालय, औषधि, फिड, मासु, अण्डा, दूध उत्पादन तथा वितरणदेखि कृषक र भेटेरिनरी चिकित्सकहरूसम्मको प्रयासलाई उजागर गर्दै आइरहेको छ। यस म्यागेजिनले केवल सूचना सम्प्रेषण मात्र होइन, पशुपालन व्यवसाय र भेटेरिनरी सेवाको स्तरोन्नति गर्न योगदान पुर्‍याइरहेको छ।

अब हामीले हाम्रो सूचना र सेवाहरूलाई डिजिटल रूपमा थप सहज बनाउनको लागि www.vettimesnepal.com लाई आधिकारिक वेबसाइटका रूपमा अघि सारेका छौं। हाम्रो पुरानो वेबसाइट www.vetkhabar.com बाट आएका सम्पूर्ण सामग्रीहरू पनि अब नयाँ वेबसाइटमै उपलब्ध हुनेछन्।

भेट टाइम्सले नेपाली भेटेरिनरी क्षेत्रको विकासमा थप प्रभावकारी भूमिका खेल्दै, किसान, व्यवसायी, र सरोकारवालाहरूलाई समयसापेक्ष जानकारी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ।