नेभ्ला चितवनको जिल्ला र महानगर अधिवेशन सम्पन्न, अध्यक्षमा ढकाल र पौडेल चयन

भरतपुर । नेभ्लाको ११औँ जिल्ला अधिवेशन चितवनको  भरतपुरमा सम्पन्न भएको छ। अधिवेशन नेभ्लाका केन्द्रीय अध्यक्ष तथा पशु स्वास्थ्य व्यवसायी परिषद्का उपाध्यक्ष  रामप्रसाद मेहेताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रम नेभ्ला जिल्ला अध्यक्ष नारायणप्रसाद खनालको सभापतित्वमा सम्पन्न भएको थियो।

 जिल्ला पशु सेवा कार्यालय चितवन, जिल्ला दुग्ध सहकारी संघ, भरतपुर महानगर पशु सेवा कार्यालय, नेपाल पशुपन्छी व्यवसायी संघ बागमती प्रदेश तथा नेपाल पशु औषधि व्यवसायी संघ चितवन शाखाका प्रतिनिधिहरूको  उपस्थिति रहेको थियो।

अधिवेशनबाट प्रकाश ढकालको अध्यक्षतामा नयाँ जिल्ला समिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा जीवन नारायण अधिकारी (जीवन), सचिवमा विष्णु पौडेल र कोषाध्यक्षमा धनप्रसाद न्यौपाने चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा शिव सुवेदी, चोमन श्रेष्ठ, मेघराज रिजाल, दर्शन डल्लाकोटी, दीपेन्द्र पाण्डे, कृष्ण अधिकारी र सफल सिलवाल रहनुभएको छ।

यसै क्रममा, आजै नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) भरतपुर महानगरपालिकाको दोस्रो अधिवेशनबाट शिवप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

भरतपुरमा सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा विष्णु पाण्डे, सचिवमा अमिर मिया र कोषाध्यक्षमा कृष्ण घिमिरे चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा टिकाराम शर्मा, पुसमान कुमाल, बिमलप्रसाद घिमिरे, हरि प्रसाद पौडेल, दिनानाथ खरेल र कृष्ण अधिकारी रहनुभएको छ।

कार्यक्रम नेभ्ला चितवनका जिल्ला अध्यक्ष नारायणप्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेभ्लाका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहता प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा पशु सेवा कार्यालय प्रमुख डा. प्रभात न्यौपाने, नेभ्लाका केन्द्रीय सचिव मानबहादुर राना क्षेत्री तथा भरतपुर महानगरपालिकाका पशु शाखा प्रमुख शैलेन्द्र भण्डारीको उपस्थिति रहेको थियो।

त्यसैगरी नेपाल पशुपन्छी औषधि व्यवसायी संघका प्रतिनिधि ईश्वरीप्रसाद आचार्य, नेभ्लाका पूर्व केन्द्रीय सदस्य ईश्वरीप्रसाद पौडेल, फिसरिज एसोसिएसनका प्रतिनिधि भिम भट्ट, नेभ्ला बागमती प्रदेश सदस्य विकास थापा क्षेत्री तथा पुष्पराज सिग्देलले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *