बाजागाजासहित पोल्ट्री दिवस मनाइयो

चितवन : तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवस आज यहाँ बाजागाजासहित प्रभातफेरी गर्दै मनाइएको छ।

नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा पोल्ट्री क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्था तथा क्याम्पसका विद्यार्थीहरूको सहभागितामा पञ्चेबाजा र झाँकीसहित प्रभातफेरी आयोजना गरिएको हो।

देशमा कुखुरापालन सुरु भएको दिनको सम्झनामा हरेक वर्ष पुस १७ गते पोल्ट्री व्यवसायीहरूले यो दिवस मनाउँदै आएका छन्।

चितवन औद्योगिक प्रदर्शनी परिसरबाट सुरु भएको प्रभातफेरी चौबीसकोठी–हाकिमचोक–स्याउली बजार हुँदै पुनः प्रदर्शनी परिसरमै पुगेर समापन भएको थियो।

प्रभातफेरीमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका अध्यापक तथा विद्यार्थी, जिल्ला पशु सेवा कार्यालयका प्रमुख, भरतपुर महानगरपालिकाको पशुपन्छी प्रवर्द्धन शाखाका प्रमुख, विभिन्न सरकारी निकायका प्रतिनिधि, नेपाल ह्याचरी उद्योग सङ्घ, नेपाल दाना उद्योग सङ्घ, नेपाल लेयर्स कुखुरापालक सङ्घ, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी सङ्घ तथा चितवन–नवलपुर दाना वितरक सङ्घका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *