फिडसप्लिमेन्ट र दानाको पूर्ण चेकजाँच नगरी आयात सिफारिस दिनु हुँदैन
पशुपालनका लागि आहारा, चरन, फिड सप्लिमेन्ट (पूरक आहारा) तथा तिनको गुणस्तरको अहं भूमिका रहन्छ । पशुवस्तुलाई सन्तुलित आहाराको प्रबन्ध गर्न सके मात्र किसानले राम्रो मुनाफा आर्जन गर्न सक्छन् । पशुपालनका लागि अत्यावश्यक यस्ता कुरामा भने किसान वर्गको उति धेरै ध्यान पुग्न सकेको देखिँदैन । यसका लागि राज्यका निकायहरूले काम गरिरहेका भए पनि त्यो अपर्याप्त छ ।
बजारिया पूरक आहारामा पनि विभिन्न कैफियत भेटिने गरेका छन् । तोकिएको गुणस्तर नहुने, प्रतिबन्धित एन्टिबायोटिक मिसाउने जस्ता कार्यमाथि सरकार निर्मम रूपमा प्रस्तुत नहुँदा गलत गर्नेहरू प्रोत्साहित भइरहेका छन् ।
राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका प्रमुख डा. हेमराज अवस्थी भने दाना र अन्य दानाजन्य कच्चा पदार्थमा एन्टिबायोटिक नहोस् भनेर गम्भीरतापूर्वक काम गरिरहेको बताउँछन् । सबै पक्षलाई यसमा इमानदार हुन आग्रह गर्दै उनले कसैले यस्ता अनधिकृत कार्य गरेको पाइएमा शून्य सहनशीलता अपनाउने जानकारी दिए ।
पशु आहारा प्रविधि विस्तारमा सरकारी लगानी कम भएकाले बढाउनु पर्ने मत डा. अवस्थीको छ । सन्तुलित आहाराले मात्र उत्पादन वृद्धि भई दिगो व्यवसाय सञ्चालन सम्भव भएकाले पशु आहारा प्रविधि विस्तार प्रदेश र स्थानीय तहमा हुनुपर्ने उनले बताए ।
डा. अवस्थीसँग पशु आहारा, त्यसको गुणस्तर अवस्था, प्रयोगशालाका काम, कारबाही, भावी योजनालगायत विषयमा भेट टाइम्स मासिक प्रतिनिधिले गरेको केही सवाल :
यहाँको नेतृत्वमा रहेको राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले के गरिरहेको छ ?
राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालाबाट गुणस्तरीय पशुपन्छी तथा पशुजन्य पदार्थ र पशुपन्छी उत्पादन सामग्रीको उत्पादन, बिक्रीवितरण तथा उपभोक्ताको लागि उपयुक्त वातावरण सिर्जना गर्न गुणस्तर मापदण्ड तर्जुमा, गुणस्तर परीक्षण, प्रवद्र्धन एवं व्यवस्थापन सम्बन्धी क्रियाकलापहरू सञ्चालन हुँदै आएका छन् । प्रयोगशालाको प्रमुख जिम्मेवारीमा पशुपन्छी तथा मत्स्य आहारा सम्बन्धी नीति, कार्यविधि, निर्देशिका, मापदण्ड तर्जुमा गर्ने, पशु दाना, दाना कच्चापदार्थ, फिड सप्लिमेन्ट, फिड एडिटिभ, दूध, घाँस, हेलेज, साइलेजलगायतको गुणस्तर परीक्षण सेवा दिनु रहेको छ । त्यस्तै, मोबाइल ल्याब भ्यानमा जडान भएका मिल्क एनालाइजर तथा फिड एनालाइजर मेसिनको प्रयोग गरी किसानकै घरदैलो, फार्म, दुग्ध संकलन तथा बिक्री केन्द्रमै गएर स्थलगत रूपमा दाना तथा दूधको नमुना संकलन तथा परीक्षणको काम पनि प्रयोगशालाले गर्दै आएको छ । पशुपन्छीका दाना, फिड सप्लिमेन्ट तथा फिड एडिटिभको आयात निर्यात गर्नका लागि विभागसमक्ष सिफारिस गर्ने काम पनि प्रयोगशालाको जिम्मेवारीमा पर्छ । प्रयोगशालालाई पशुपन्छी तथा मत्स्य दाना, घाँस तथा अन्य आहाराको गुणस्तर परीक्षणका लागि नेशनल रिफ्रेन्स ल्याब्रोटरीका रूपमा विकास गर्ने लक्ष्य हामीले राखेका छौं । प्रयोगशालाको क्ष्क्इ ज्ञठण्द्दछस्द्दण्ज्ञठ बअअचभमष्तबतष्यल का लागि आवश्यक पूर्वतयारी पनि गरिरहेका छौं ।
तपाईंले यस कार्यालयको नेतृत्व सम्हाल्नुभएको लामो समय भइसकेको छ । यस अवधिमा, तपाईंले नेपालको पशुपन्छी क्षेत्रको महत्वपूर्ण पक्ष आहाराको समग्र अवस्था कस्तो पाउनुभयो ?
पशुपालन क्षेत्रको महत्वपुर्ण पक्ष पशु आहाराको अवस्था नेपालको विभिन्न भौगोलिक क्षेत्र अनुसार फरक रहेको छ । हिमाली, पहाडी र तराई क्षेत्रमा पशुपालन तथा पशु आहाराको अवस्था र समस्याहरू भिन्नभिन्न छन् । हरियो घाँस र दानालगायत पशु आहाराले पशुपालन व्यवसायमा महत्वपूर्ण भूमिका खेल्छन् । सुख्खा र जाडो याममा प्राकृतिक रूपले नै घाँसलगायत आहाराको कमी हुनु र चरनको क्षेत्रफल र उत्पादन घट्दै जानु, सामुदायिक वन स्रोतमा घट्दो पहुँचजस्ता कारणले पशुपालनलाई दानाचोकरमा निर्भरता बढाएको अवस्था छ । हिमाली क्षेत्रमा चरन खर्कको उपलब्धता कम र विषालु झारपातको रोगजन्य प्रभाव बढी छ । तराई क्षेत्रमा व्यावसायिक पालन बढ्दो छ र सो क्षेत्रमा उन्नत जातका पशुको संख्या धेरै छन्, उत्पादन तथा उत्पादन क्षमतामा सुधार आएको छ । पहाडी क्षेत्रमा पनि नश्ल सुधार र व्यावसायिकतामा केही प्रगति भएको छ । पशु आहारा प्रविधि विस्तारमा सरकारी लगानी कम भएकाले बढाउनु पर्ने अवस्था छ । पशु आहारामा नेपालमा करिब ३९ प्रतिशत घाँस, २६ प्रतिशत बाली अवशेष र ८ प्रतिशत कृषि सह–उत्पादन प्रयोग भइरहेको छ । निर्वाहमुखी ढङ्गले पशुपालन गर्ने कृषकहरू प्राकृतिक चरन, घाँस पराल र बालीका सह–उपजमा निर्भर भएको देखिन्छ । व्यावसायिक कृषकहरूले भने यसका अलावा तयारी दाना, साइलेज, फिड सप्लिमेन्ट समेत प्रयोग गरिरहेको देखिन्छ । विभिन्न अध्ययनहरूले हाल नेपालमा आधारित ँभभम म्भाष्अष्त २३ देखि २५ प्रतिशत रहेको देखिएको छ । सन्तुलित आहाराले मात्र उत्पादनमा वृद्धि भई दिगो व्यवसाय सञ्चालन सम्भव छ ।
पशु आहारामा नेपालमा करिब ३९ प्रतिशत घाँस, २६ प्रतिशत बाली अवशेष र ८ प्रतिशत कृषि उप–उत्पादन प्रयोग भइरहेको छ । सन्तुलित आहाराले मात्र उत्पादनमा वृद्धिदेखि दिगो व्यवसाय सञ्चालन सम्भव छ । पशु आहारा प्रविधि विस्तार प्रदेश र स्थानीय तहमा महत्वका साथ अघि बढे मात्र कृषक उद्यमी लाभान्वित हुन सक्दछन् ।

पशु सेवा विभागअन्तर्गत रहेको यस कार्यालयले पशु आहारको अतिरिक्त पशु स्वास्थ्य, पशु प्रजनन, आहारा, र बजार व्यवस्थापनलगायतका क्षेत्रमा पनि ध्यान दिनुपर्ने देखिन्छ । यी क्षेत्रको वर्तमान अवस्थालाई तपाईंले कसरी मूल्याङ्कन गर्नुहुन्छ ? र यस कार्यालयले यी विषयलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
सङ्घीय संरचनाअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट पशु सेवा विभागअन्तर्गतको यस राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालालाई पशुपन्छी तथा मत्स्य आहाराको गुण व्यवस्थापनका लागि आधिकारिक निकायको रूपमा काम गर्ने कार्यादेश प्राप्त भएको छ । पशुपन्छीका दाना, फिड सप्लिमेन्ट तथा दाना योगशीलहरूको आयात–निर्यात गर्नका लागि सिफारिस उपसमितिको सचिवालयको रूपमा काम गर्दछ । यस प्रयोगशालाले पशु स्वास्थ्य, पशु प्रजनन र बजार व्यवस्थापनमा प्रत्यक्ष काम नगरेता पनि पशुजन्य पदार्थको गुणस्तर परीक्षण तथा बिक्रीवितरणको मापदण्ड तयार गरी लागू गर्ने कार्यमा समन्वयकारी भूमिका निभाउने काम गर्दछ । पशु उत्पादन सामग्री तथा पशुजन्य पदार्थको गुणस्तर मापदण्डसम्बन्धी जनचेतनामूलक कार्यहरू संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी सञ्चालन गर्ने र गराउने काम पनि भइरहेको छ । पशुपन्छी तथा मत्स्य आहारासम्बन्धी उद्योग दर्ताको लागि सिफारिस तथा सञ्चालन अनुमति प्रदान गर्ने काम पनि हाम्रो कार्यक्षेत्रभित्र पर्छ । संघ, प्रदेश, स्थानीय तह, कृषक, व्यवसायी सबैको समन्वय र सहकार्यमा बजार व्यवस्थापन, अनुगमन, नियमन कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ । जलवायु परिवर्तनले यस क्षेत्रमा पारेको असरका सम्बन्धमा पनि काम गर्नु पर्ने खाँचो छ । यसका लागि विश्वविद्यालयहरू र नार्कलगायतसँग समन्वय समन्वय गर्न सकियो भने राम्रो हुने थियो ।
पशुपन्छीको सर्वाङ्गीण विकासका लागि भन्दै नेपाली बजारमा आयात भएका विभिन्न फिड सप्लिमेन्ट, दानाको कच्चा पदार्थ तथा तयारी दानाको गुणस्तरमाथि पटक–पटक प्रश्नहरू उठ्ने गरेको पाइन्छ । यसबारे के भन्नुहुन्छ ?
नेपाली बजारमा विभिन्न सप्लिमेन्ट, दानाको कच्चा पदार्थ तथा तयारी दानाको आयात हुँदा उक्त वस्तुहरूको गुणस्तर कायम भएको सुनिश्चित गर्न यस प्रयोगशाला लागिरहेको छ । आयात गर्नु पूर्व नमुना माग गरी परीक्षण गर्ने, बजार अनुगमन, पोष्ट् इम्पोर्ट मनिटरिङ, प्रयोगशाला परीक्षण रिपोर्ट, क्याटलग अध्ययन, उत्पादक क्ष्क्इर न्ःए प्रमाणित भएको सुनिश्चितता लगायतका कार्य गरिँदै आएको छ । नियमनकारी पूर्ण अधिकार र आवश्यक सबै स्वीकृत मापदण्डहरू नभएको अवस्थामा कहिले काहीँ नियमन कार्यमा समस्या देखिएको पनि हो । दाना पदार्थ ऐन, सोको नियमावली पुरानो छ । यसको समयसापेक्ष परिमार्जन हुनु पर्दछ । ऐन, नियमावलीले संघीय प्रणालीअनुरूपको स्वरूप प्राप्त गर्नु पर्दछ । संस्थागत सुदृढीकरण गरी सम्बन्धित निकायलाई नियमनको पूर्ण अधिकार दिइनु पर्दछ । नेपालमा निर्यात गर्ने विदेशी कम्पनीको उत्पादनको गुणस्तरको पूर्ण चेकजाँच गरेर मात्र आयात सिफारिस प्रदान गर्नु पर्दछ । हाल कुखुरा र गाईभैंसीको मात्र दानाको गुणस्तर निर्धारण गरिएकोमा सबै जातिका पशुको दानाको गुणस्तर निर्धारण गरी मापदण्ड स्वीकृत हुनु आवश्यक छ । क्रमशः सबै फिड सप्लिमेन्ट, फिड एडिटिभ र कच्चा पदार्थहरूको समेत गुणस्तर परिमार्जन र निर्धारण गर्न आवश्यक महसुस भएको छ ।
कतिपय फिड सप्लिमेन्टको प्रयोगशाला परीक्षणमा उत्पादकले लेबलमा दाबी गरे बमोजिमका तत्वहरू नभएको वा ती तत्वहरू शून्यप्रायः भेटिँदा पनि कारबाही नभएको गुनासो सुनिन्छ । यस कार्यालयले अनुगमन त गर्ने तर कारबाही गर्ने कानुनी आधार नभएको भनिन्छ । यदि कारबाही नै गर्न नमिल्ने हो भने यस्तो अनुगमनको औचित्य के ? यदि कुनै कारबाही गर्नुभएको छ भने कुन कम्पनीलाई कहिले र के कारबाही भयो ?
लेवल क्लेम अनुसार भए नभएको हेर्न हामीले एयकत ष्mउयचत mयलष्तयचष्लन तथा नमुना संकलन गरी परीक्षण गर्ने गरेका छौं । क्वारेन्टाइन कार्यालयहरूबाट पनि नमुना प्राप्त गर्दछौं । प्रयोगशाला परीक्षणपश्चात उद्योगहरूलाई आवश्यक निर्देशन दिने गरिएको छ । ब्अअचभमष्तभम ीबद को अभचतषष्अबतभ या बलबथिकष्क को आधारमा मात्र अनुमति दिने गरिएको छ । यस वर्ष फिर्ता नै गर्नु पर्ने गरी कुनै पदार्थको गुणस्तर कम भएको प्रतिवेदन पेश भएको छैन । कारबाहीको लागि दाना पदार्थ नियमावली संशोधनमा यथाशीघ्र जानु आवश्यक छ ।
अर्को गम्भीर कुरा के छ भने यस कार्यालयको सिफारिशबमोजिम आयात भएका पशुपन्छीका फिड सप्लिमेन्ट र कच्चा पदार्थमा एन्टिबायोटिक (ब्लतष्दष्यतष्अक) को मिश्रण भेटिने गरेका छन् । कसका कारण यस्ता गैरजिम्मेवार कार्य भइरहेका छन् ?
नेपालमा सन् २०१७ देखि दानामा एन्टिबायोटिकको प्रयोग बन्द गरिएको छ । दाना र अन्य दानाजन्य कच्चा पदार्थमा एन्टिबायोटिक नहोस् भनेर हामी गम्भीरतापूर्वक लागेका छौं । दाना तथा कच्चा पदार्थमा शून्य एन्टिबायोटिक हुनु पर्दछ । यसप्रति हाम्रो शून्य सहनशीलता नै छ । यस कार्यमा सरकार र सम्बद्ध व्यवसायी सबै पक्ष इमानदार हुनु पर्छ । शंकास्पद पदार्थको पटक–पटक नमुना संकलन गरिएको छ । हाम्रो प्रयोगशालामा एन्टिबायोटिक परीक्षणको सुविधा नभएता पनि नेपाल सरकारबाट मान्यता प्राप्त अन्य प्रयोगशालाहरूमा नमुना परीक्षणका लागि पठाउने गरिएको छ । चालु आर्थिक वर्षमा जम्मा १२६ माछाको दाना र ५५ गाईभैंसीको दानामा एन्टिबायोटिक परीक्षण गरिएकोमा १ वटा माछाको दाना र २ वटा गाईभैंसीको दानाको नमुनामा मात्र एन्टिबायोटिक रहेको पाइयो । ती कुनैलाई पनि हामीले आयात सिफारिस दिएनौं । यस कार्यलाई निरन्तरता दिँदै पशु दानामा एन्टिबायोटिकको प्रयोगलाई निरूत्साहन गर्न थप नियमनको आवश्यकता रहेको छ । यसका लागि बहुक्षेत्रका सरोकावालाहरूसँग हातेमालो गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । सरोकारवालाहरूलाई थप संवेदनशील हुन सूचित गरका छौं । यति गर्दा पनि अटेरी गरेको पाइएमा कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउँछौं ।
सरकारले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (ब्ःच्) सम्बन्धी जागरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । तर, तपाईंहरूकै विभागले कुखुराको दानामा एन्टिबायोटिक मिसिएको पुष्टि हुँदा समेत दाङ फिड इन्डष्ट्रिज प्रा.लि, तुलसीपुर, दाङलाई कुनै कारबाही नगरी उन्मुक्ति दियो । यस्तो अवस्थामा केवल एएमआर दिवस मनाएर मात्र पुग्छ र ?
नेपालमा सरकारले एन्टिमाइक्रोबियल रेसिस्टेन्ससम्बन्धी जागरुकता र कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । उपभोक्ता र व्यावसायिकस्तरमा यसप्रति सचेतना र प्रतिबन्धको लागि प्रयासहरू भएता पनि व्यावहारिक रूपमा मूल्यांकन गर्दा कानूनको कडाइका साथ कार्यान्वयन र अनुगमनमा अझै प्रभावकारी रूपमा अघि बढ्नु पर्ने देखिन्छ ।
नियम उल्लंघनकर्तालाई दण्ड गर्न सकिएन भने दानामा एन्टिबायोटिकको अनावश्यक प्रयोग भइरहन्छ । विश्वव्यापी रूपमा नै एन्टिमाइक्रोबियल रेसिस्टेन्स एक ठूलो समस्या हो भन्नेमा विश्व समुदाय र नेपाल सरकार निकै गम्भीर छ । हामी पनि विभिन्न कार्यक्रम, तालिम र अभियानमार्फत यो मुद्दालाई ध्यान दिन प्रयासरत छौं । विश्व प्रतिजैविक प्रतिरोध जागरूकता सप्ताहले सम्वन्धित सबै पक्षलाई निश्चित रूपमा सुसूचित गरेको छ ।
कुखुराको दानामा एन्टिबायोटिक मिसाउँदा दाङ फिड इन्डष्ट्रिज प्रा.लि, तुलसीपुरलाई नसियत दिइएको छ । दाना कच्चा पदार्थ आयात सिफारिस ६ महिनाको लागि निलम्वन पनि गरियो । साथै दाना पदार्थ ऐन र नियमावली अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट समेत कारबाही भएको अवस्था छ ।
तपाईंले केही दिनअघि दर्ता नभएका फिड सप्लिमेन्ट आयातसम्बन्धी सार्वजनिक सूचनासमेत प्रकाशन गर्नुभएको थियो । यदि कसैले बिना दर्ताका फिड सप्लिमेन्ट आयात गरेको खण्डमा के, कस्तो कानुनी कारबाही हुने व्यवस्था छ ? साथै, हालसम्म कसैलाई कारबाही गर्नुभएको छ भने त्यो पनि स्पष्ट पारिदिनुहोस् न ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५, सोको नियमावली, २०५६ र पशुजन्य उद्योग स्थापना, निकासी पैठारी सिफारिस र बिक्रीवितरण अनुमति सम्बन्धी निर्देशिका, २०८० अनुसार दर्ता नभएका र निर्देशिकाले नदिएका दाना कच्चा पदार्थ र फिड सप्लिमेन्टहरू अवैध तरिले आयात नगरिदिनुहोस भनी सार्वजनिक सूचना प्रकाशन गरेका हौं । यदि कसैले बिना दर्ताको दाना र फिड सप्लिमेन्ट सिफारिस नलिई अवैध आयात गरेको छ भने सम्बन्धित निकायमा कारबाहीका लागि अवश्य लेखी पठाउँछौं । सो अवस्थामा आकर्शित हुने कानूनमार्फत पक्कै कारबाही हुन्छ । राष्ट्रिय एकद्वार प्रणालीमार्फत नियमित दाना पदार्थ र सप्लिमेन्ट आयात गर्न आवेदन दिने आयातकर्तालाई सोसम्बन्धी सूचित गरेका छौं, सचेत गराएका छौं । त्यस्तो आवेदनलाई कम्तीमा ६ महिनासम्म आवेदन गर्न नपाउने गरी निलम्बनमा राख्ने प्रस्ताव गरेका छौं ।
प्रयोगशालाको प्रमुखको हैसियतमा आमकिसान वर्ग र उद्योगी व्यवसायीलाई के भन्न चाहनुहुन्छ ?
कृषकहरूलाई पशुपन्छीलाई आहारा व्यवस्थापन गर्दा निश्चित उद्देश्य र मापदण्डका आधारमा गर्न र पशुको तौल, उत्पादन परिमाण र स्थानीयस्तरमा उपलब्ध हुने कच्चा पदार्थलाई मुख्य आधार बनाइ आहारा व्यवस्थापन गर्न अनुरोध गर्दछु ।
सम्पूर्ण उद्योगी, व्यवसायीहरूलाई नेपाल सरकारको विद्यमान ऐन, नियम र निर्देशिकाहरूको पूर्ण पालना गर्नुका साथै सामाजिक उत्तरदायित्व वहन गर्दै गुणस्तरीय आहारा र परिपूरकको बजार उपलब्धता गराइदिन अनुरोध गर्दछु ।
प्राविधिक जनशक्ति तालिम र क्षमता अभिवृद्धि गर्दै प्रयोगशालाका कर्मचारीहरूलाई नवीनतम प्रविधि र विधिहरूमा दक्ष बनाउनु हाम्रो मानव संसाधन विकास योजना छ । सोमार्फत पशु आहारा र लाइभस्टक गुणको परीक्षण, विश्लेषण तथा गुणस्तर नियन्त्रणलाई उच्चस्तरमा पु¥याउन हामी लागि परेका छौं ।
