भेटेरिनरी चिकित्सक डा. शरद सिंह यादवद्वारा जनअधिकार पार्टी दर्ता, चुनाव चिन्ह “डुङ्गा”

काठमाडौं – नेपालका सफल भेटेरिनरी चिकित्सक डा. शरद सिंह यादवले आफैं अध्यक्ष बनेर नयाँ राजनीतिक दल जनअधिकार पार्टी निर्वाचन आयोगमा दर्ता गरेका छन्।

डा. यादवले यसअघि डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए। जनमत पार्टीबाट अलग भएपछि उनले नयाँ पार्टी गठन गरेका हुन्।

यादवले दर्ता गरेको पार्टीको चुनाव चिन्ह “डुङ्गा” तोकिएको छ। त्यस्तै, जनमत पार्टीबाट अलग भएका केही नेता भने रेशम चौधरी नेतृत्वको नाउपा नेपालमा सामेल भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *