आयात अनुमति नभएका र प्रतिबन्धित फिड सप्लिमेन्ट आयात नगर्न विभागको निर्देशन

काठमाडौं । पशु सेवा विभागअन्तर्गतको राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले आयात अनुमति नदिइएका र प्रतिबन्धित आहाराजन्य पदार्थ पैठारी नगर्न निर्देशन दिएको छ ।

कतिपय आयातकर्ताहरूले अनुमति लिएको भन्दा फरक पदार्थहरूसँगै प्रतिबन्धित पदार्थहरू अनधिकृत ढंगले आयात गरेपछि प्रयोगशालाले यस्तो निर्देशन दिएको हो ।

‘कतिपय आयातकर्ताहरूले अनुमति लिएको भन्दा फरक पदार्थहरू र नेपाल सरकारद्वारा प्रतिबन्धित पदार्थहरूसमेत अनधिकृत तबरबाट लुकाइ छिपाइ नेपालमा भित्राएको भनी सुनिने गरेको सन्दर्भमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगले सोमबार एक सूचना जारी गर्दै भनेको छ ।

प्रयोगशालाले अनुमति नदिइएका र प्रतिबन्धित फिड सप्लिमेन्ट आयातकर्ता, उत्पादक, सप्लायर्सले अनधिकृत ढंगले उत्पादन तथा आयात गरे कानूनबमोजिम कारबाही हुने चेतावनी पनि दिएको छ ।

‘कुनै पनि तबरबाट झुक्याइ, लुकाइ, छिपाइ ल्याएको पाइएमा त्यस्ता आयातकर्ता, उत्पादक, सप्लायर्सहरूलाई कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ,’ प्रयोगशालाले आहाराजन्य पदार्थहरू पैठारी नगर्न, नगराउन अनुरोध गर्दै भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *