कान्तिपुर भेट डिस्ट्रीब्युटरका हेमराज बडाल पक्राउ
काठमाडौं । भेटनरी औषधि आयातकर्ता कम्पनी कान्तिपुर भेट डिस्ट्रीब्युटर का सञ्चालक हेमराज बडाल (ऋषि) पक्राउ परेका छन्।
भन्सार शुल्क लाग्ने गरी आयातका लागि दिइएको सिफारिस पत्र कीर्ते गरेर दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले उनलाई पक्राउ गरेको हो।
उनलाई बिहीबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिइएको बताइएको छ। यसअघि, असोज २४ गते सीआईबीले उनकी श्रीमती सुना सुवेदीलाई पनि सोही प्रकरणमा पक्राउ गरेको थियो।
प्रतिक्रिया
