कान्तिपुर भेट डिष्ट्रीब्युटर्सकी सञ्चालक सुना सुवेदी पक्राउ

काठमाडौं | कान्तिपुर भेट डिष्ट्रीब्युटर्स प्रालिकी सञ्चालक तथा नेपाल पशुपन्छी औषधि व्यवसायी संघकी उपाध्यक्ष सुना सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ।

भन्सार शुल्क लाग्ने गरी आयातका लागि दिइएको सिफारिस पत्र कीर्ते गरी दर्ता नै नभएका पशुपन्छी औषधि आयात गरेको आरोपमा उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

सीआईबीका अनुसार, सुवेदीलाई हिजो (शुक्रबार) पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको छ। कान्तिपुर भेट डिष्ट्रीब्युटर्स प्रालिविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो।

नेपालमा अधिकांश पशुपन्छी औषधि आयातकर्ताहरूले दर्ता प्रक्रिया जटिल र ढिलो हुने गुनासो गर्दै दर्ता नभएका औषधिहरू समेत आयात गर्ने प्रवृत्ति बढेको बताइन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *