मेची शाखा उपाध्यक्षमाथि आक्रमणप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण

काठमाडौं। नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, केन्द्रीय कार्यालयले संघका मेची शाखा उपाध्यक्ष तथा कार्की भेटेनरी सेन्टरका सञ्चालक भुवन सिंह कार्कीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गत भदौ २४ गते साँझ करिब ७:३० बजे कार्कीमाथि अज्ञात तथा अपराधीक समूहले योजनाबद्ध ढंगले आक्रमण गरी ज्यान लिन खोज्दा उनी गम्भीर घाइते भएका थिए। हाल उनको उपचार भइरहेको संघले जानकारी दिएको छ।

महासचिव सादुराम ढकाल (आशिष) र अध्यक्ष रितेश रिमालको हस्ताक्षर रहेको विज्ञप्ति सोमबार सार्वजनिक गर्दै संघले कार्कीको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेको छ। साथै, आक्रमणमा संलग्न व्यक्ति वा समूहलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन र घाइते कार्कीलाई आवश्यक स्वास्थ्य उपचार तथा उचित क्षतिपूर्ति सुनिश्चित गर्न जोडदार माग गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *