नेपाल दाना उद्योग संघले गरायो गृहमन्त्रीको ध्यानाकर्षण, पोल्ट्रीजन्य तस्करी रोक्न माग

काठमाडौं । भारतीय खुला सीमाबाट भइरहेको पोल्ट्रीजन्य तस्करी नियन्त्रणका लागि नेपाल दाना उद्योग संघले गृहमन्त्री रमेश लेखक, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरी महानिरीक्षक दिपक थापासँग भेट गरी ध्यानाकर्षण गराएको छ।

संघका अध्यक्ष रबिन पुरी नेतृत्वको टोलीले सीमावर्ती क्षेत्रमा अवैध कारोबार तीव्र बनेको बताउँदै निगरानी कडा गर्न आग्रह गरेको हो। संघले तस्करीले वैध व्यवसाय संकटमा परेको भन्दै तत्काल कडा कदम चाल्न सरकारलाई आग्रह गरेको छ।

संघले चोरी–तस्करी नियन्त्रणमा सुरक्षा निकायहरूबाट साथ पाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यको निरन्तरता रहने बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *