एनभिएको ५८औँ स्थापना दिवस : राष्ट्रिय भेटेरिनरी विकासमा सशक्त भूमिकाको लागि अध्यक्षको आह्वान

काठमाडौं ।आज असार ११ गते नेपालको भेटेरिनरी व्यवसायमा समर्पित संस्था, नेपाल भेटेरिनरी एशोसिएसनले आज आफ्नो ५८औँ स्थापना दिवस हर्षोल्लासपूर्वक मनाउदैं छ। वि.सं. २०२४ साल असार ११ गते स्थापना भएको यस संस्थाले विगत पाँच दशकभन्दा बढी समयदेखि देशभरका भेटेरिनरी व्यवसायीहरूलाई एकताबद्ध गर्दै पेशागत विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
स्थापना दिवसको अवसरमा एशोसिएसनका अध्यक्ष डा. केदार सुवेदीले शुभकामना सन्देश जारी गर्दै देशभर क्रियाशील सम्पूर्ण भेटेरिनरी पेशागत समुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले पेशागत दक्षता, आत्मीयता, सहयोग, भातृत्व र राष्ट्र तथा कृषिक्षेत्रप्रतिको उत्तरदायित्वबोधका आधारमा अझ सशक्त भूमिका निर्वाह गर्न सबैलाई आह्वान समेत गरेकाछन् ।
अध्यक्ष डा. सुवेदीले जिज्ञासा, ज्ञान, सीप र अनुभवको आदानप्रदानमार्फत भेटेरिनरी व्यवसायलाई अझ सशक्त बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याएका छन्।
यस अवसरमा, उनले नेपाल भेटेरिनरी एशोसिएसनको केन्द्रीय समिति तथा सातै प्रदेश समितिद्वारा आयोजित विविध कार्यक्रमहरूमा देशभरका सम्पूर्ण भेटेरिनरी पेशाकर्मीहरूको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध पनि गरेका छन्।
नेपाल भेटेरिनरी एशोसिएसनले पशु स्वास्थ्य, जनस्वास्थ्य तथा कृषिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यस किसिमको संस्थागत सक्रियता र एकताले देशको समग्र भेटेरिनरी विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको समेत शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
एशोसियसनले आफ्नो स्थापना दिवशको उलक्ष्यमा देशभर विविध कार्यक्रमको आयोजना गरेको छ । पशुपन्छीको स्वास्थ्य परिक्षण,औषधि वितरणका अलावा मानव सेवामुलक रक्तदानको कार्यक्रमको समेत आयोजना गरेको छ ।