नेपाल भेटेरिनरी एशोसिएसनको स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्दै

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले आफ्नो ५८औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल भेटेरिनरी एशोसिएसनका महासचिव डा. शंकर न्यौपानेले आगामी असार ११ गते त्रिपुरेश्वरमा हुने उक्त रक्तदान कार्यक्रममा एनभिएका सदस्यहरू एवं अन्य सरोकारवालाहरूलाई सहभागी हुन अपिल गरेका छन्।

वि.सं. २०२४ मा स्थापना भएको नेपाल भेटेरिनरी एशोसिएसन एक गैर–सरकारी, गैर–नाफामूलक संस्था हो, जसमा हाल २,००० भेटेरिनरी डाक्टरहरु आबद्ध छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *