पशु स्वास्थ्य परिषद् अध्यक्षमा डम्बरबहादुर बम नियुक्त

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को अध्यक्षमा डम्बरबहादुर बमलाई नियुक्त गरेको छ।

मन्त्रालयले  मन्त्रीस्तरीय निर्णयअनुसार पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७६ को दफा ५ को उपदफा (१) को खण्ड (क) बमोजिम बमलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो।

नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसनका वरिष्ठ उपाध्यक्षसमेत रहेका बमलाई परिषद्को अध्यक्षमा नियुक्त गरेको   हो।

यसअघि परिषद्को रजिस्ट्रारमा केही दिनअघि नेल्टा नेपालका अध्यक्ष जनकबहादुर रावललाई जिम्मेवारी दिइएको थियो भने उपाध्यक्षमा नेभ्ला नेपालका अध्यक्ष रामप्रसाद मेहता निर्वाचन प्रक्रियाद्वारा निर्वाचित भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *