एबी पेलेट र ढकाल पोल्ट्रीले दिए धादिङका किसानलाई तालिम

काठमाडौं। धादिङबेसी पुच्छर बजारस्थित ढकाल पोल्ट्री सप्लायर्स र एबी पेलेट फिडको संयुक्त आयोजनामा ७५ जना कृषकहरूलाई लक्षित गरी “कुखुरापालन तथा व्यवस्थापनसम्बन्धी तालिम” सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै एबी पेलेट फिडका प्रबन्ध निर्देशक विवेक सन्जेलले एबी पेलेट फिडको इतिहास, उद्देश्य तथा उत्पादन गरिएका दानाका विशेषताबारे सहभागी किसानहरूलाई जानकारी गराएका थिए। कार्यक्रममा एबी पेलेट फिडका प्रतिनिधि रोशन तिमल्सिना, रामशरण घिमिरे, महेश भट्ट र सन्दिपा सिलवालको उपस्थिति रहेको थियो।

ढकाल पोल्ट्री सप्लायर्सका सञ्चालक प्रकाश ढकालले तालिमबाट किसानहरूले व्यवहारमा प्रयोग गर्न सक्ने ज्ञान प्राप्त गरेको र भविष्यमा यो लाभदायक हुने विश्वास व्यक्त गरे। सोही संस्थाका प्रदीप ढकालले पनि सहभागी किसानहरू तालिमबाट लाभान्वित भएको जानकारी दिए।
तालिममा डा. प्रकाश अधिकारीले चल्ला राख्नुभन्दा अघिको तयारी र जैविक सुरक्षाका उपायबारे जानकारी गराएका थिए भने डा. गणेश बन्जाराले ब्रुडिङ व्यवस्थापन, गर्मीमा देखिने हिट स्ट्रेस र त्यसका न्यूनीकरण उपायबारे विस्तृत जानकारी दिए।

कार्यक्रममा सहभागी किसानहरूको जिज्ञासामा डा. प्रकाश अधिकारी र डा. गणेश बन्जाराले जवाफ दिएका थिए। कार्यक्रमको सञ्चालन दिपेश लामिछानेले गरेका थिए।

आयोजक संस्थाका अनुसार सम्पूर्ण कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *