रोकिएन गाईगोरुको अवैध ओसारपसार, ट्रकसहित २५ गोरु नियन्त्रणमा

काठमाडौं । मकवानपुरको हेटौंडा रुट हुँदै भइरहेको पशुवस्तुको ओसारपसार थप बढ्न थालेको छ ।

प्रहरीले मंगलबार नवलपरासीबाट अवैध ढंगले ल्याइएको १५ गाईगोरु नियन्त्रणमा लिएको भोलिपल्ट बुधबार थप २४ गोरु अनधिकृत ढंगले ल्याइँदै गरेको अवस्थामा समातिएको छ ।

ना.प्र. ०३–००१ ख ३४११ नम्बरको ट्रकमा लोड गरेर ल्याइएको २४ गोरु पशु सेवा कार्यालय, हेटौंडाको समन्वयमा प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, हेटौंडाले नक्कली भेटेरिनरी प्रमाणपत्र भेटिएपछि ती गोरु नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएका गोरुहरूमध्ये २ मृत भेटिएका छन् भने बाँकी २ गम्भीर अवस्थामा छन् । ढुवानी मापदण्ड पालना नगरी कोचाकोच गरेर ल्याइएका कारण ती गोरु मरेका हुन् ।

नियन्त्रणमा लिइएका गोरुहरू जनप्रतिनिधिको रोहबरमा स्थानीयलाई वितरण गर्ने तयारी गरिएको छ ।

पछिल्लो केही वर्षयता हेटौंडा हुँदै काकडभिट्टा भएर बंगलादेशतर्फ गाईगोरु तस्करी हुँदै आएको छ । प्रहरीको सक्रियताले कमी आएको यो समस्या पुनः देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *