रोल्पामा कुकुरमाथि क्रूर व्यवहार गर्ने दुई युवक पक्राउ

काठमाडौं ।रोल्पाको लुङ्ग्री गाउँपालिका–७ स्थित हार्जाङ नवाचिउरा भन्ने स्थानमा कुकुरलाई रुखमा झुण्ड्याएर मार्ने घटनामा संलग्न भएको आरोपमा दुई युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार, पक्राउ पर्नेमा २० वर्षीय सुन्दर परियार र १८ वर्षीय डम्बर पुन रहेका छन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
घटनापछि रोल्पा जिल्ला अदालतबाट अनुमति लिई उनीहरूलाई ७ दिनको म्याद थप गरी पशुपक्षी सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पशु अधिकारकर्मीहरूले घटनाको निन्दा गर्दै दोषीलाई कानुनी कारबाहीको माग गरेका छन्।
प्रतिक्रिया