कृषि तथा पशुपन्छी क्षेत्रमा विदेशी लगानीविरूद्ध यस क्षेत्रका व्यवसायीद्वारा संयुक्त आन्दोलन सुरू
 						काठमाडौं । कृषि तथा पशुपन्छी पालन क्षेत्रमा विदेशी लगानी खुला गर्ने सरकारको निर्णयविरुद्ध कृषि तथा पशुपन्छी क्षेत्रका व्यवसायीले आजबाट संयुक्त रुपमा आन्दोलन थाल्ने भएका छन् ।
कृषिमा विदेशी लगानीविरुद्ध राष्ट्रिय संघर्ष समिति गठन गरी उनीहरुले आजबाट यस्तो विरोधका कार्यक्रम थाल्ने भएका हुन् । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीको संयोजकत्वमा समिति गठन गरी उनीहरुले आन्दोलन थाल्ने भएका हुन् ।
बानेश्वरको होटेल एभरेन्ष्ट अगाडिबाट उनीहरुले दिउँसो १ बजेदेखि प्रर्दशन थाल्ने समितिका महासचिव प्रल्हाद दहालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को अनुसूचिमा संशोधन गरी कृषि तथा पशुपन्छी पालन क्षेत्रमा विदेशी लगानी खुला गरेपछि कृषि तथा पशुपन्छी क्षेत्रका साना तथा मझौला व्यवसायी विरोधमा उत्रिएका हुन् । ठूला उद्योगी व्यवसायीले उक्त संशोधनको समर्थन गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ती नै जारी गरेर विदेशी लगानी खुला गर्ने सरकारको निर्णयको समर्थन जनाइसकेको छ ।

