रोकिएन अवैध पशुपन्छी कारोबार, मंसिरमा प्रहरीले उठायो ७ लाख राजस्व
काठमाडौं । पशुवस्तुको अवैध ओसारपसार अझै रोकिएको छैन। प्रहरीले मंसिर महिनामा मात्रै अवैध रूपमा पशुपन्छी ओसारपसार गर्नेबाट ७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
नेपाल प्रहरीले आर्थिक वर्ष ०८२/८३ को मंसिर महिनामा विभिन्न शीर्षकमा गरी कुल ४० करोड २५ लाख ४९ हजार ९६५ रुपैयाँ राजस्व संकलन गरेको थियो। तीमध्ये ७ लाख २ हजार ३०० रुपैयाँ अवैध पशुपन्छी कारोबारबाट संकलन गरिएको हो। यो रकम सो महिनामा संकलित कुल राजस्वको ०.१७ प्रतिशत हो।
सरकारले पशुपन्छीको बिक्री, वितरण तथा ढुवानीलाई व्यवस्थित गर्न विभिन्न नियम तथा मापदण्ड तय गरेको छ। तर ती नियम तथा मापदण्ड कार्यान्वयनमा कमजोरी देखिँदा अवैध कारोबार नियन्त्रणमा आउन सकेको छैन।

प्रतिक्रिया
