कृषि मन्त्रालयका चार सहसचिवसहित ६० जनाको सरुवा
काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।
सरुवा अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित चार जना सहसचिवको पनि सरुवा गरिएको छ। सरुवा सूचीअनुसार कोशी प्रदेशका कृषि सचिव डा. शरणकुमार पाण्डेयलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। त्यस्तै, मधेश प्रदेशका कृषि सचिव डा. उमेश दाहाललाई पनि सोही मन्त्रालय वा अन्तर्गत ल्याइएको छ।
कृषि मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव डा. संजयकुमार यादवलाई मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरुवा गरिएको छ। साथै, सोही मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव डा.पशुपति ढुङ्गानालाई कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरुवा गरिएको छ।
