पशुपन्छी औषधि व्यवसायी संघले भोलि औषधि व्यवस्था विभाग घेर्ने

काठमाडौं । तीन औषधि व्यवसायी संघले बिहीबार औषधि व्यवस्था विभाग घेर्ने भएका छन् । औषधि ऐन, २०३५ मा गरिएको संशोधनप्रति रुष्ट तीन पेशागत संगठन नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, नेपाल औषधि व्यवसायी संघ र नेपाल आयुर्वेद औषधि व्यवसायी संघले विभागको केन्द्रीय कार्यालयसहित मातहतका सबै शाखा कार्यालयमा  बिहीबार धर्ना दिने भएका हुन् ।

संघर्षका कार्यक्रमअन्तर्गत मंसिर ११ गते बिहीबार बिहान १०ः३० बजे औषधि व्यवस्था विभागको मुख्य कार्यालयसहित सबै शाखा कार्यालयमा एकसाथ १ घण्टा जुलुससहित धर्ना कार्यक्रम राखिएको नेपाल पशुपन्छी औषधि व्यवसायी संघका महासचिव सादुराम ढकालले जानकारी दिए ।

तीन संगठनले आफ्ना सबै व्यवसायीहरूलाई पायक पर्ने स्थानमा उपस्थित भएर सहभागी भइदिन सबै सदस्यहरूमा अपिल गरेको छ भने पदाधिकारी, सदस्यलगायतलार्इ सहजीकरण गर्न भनेकाे छ ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले औषधि व्यवस्था ऐन, २०३५ संशोधन गरेपछि औषधि व्यवसायीहरू रुष्ट छन् । व्यवसायीलाई अप्ठ्यारो हुने प्रावधान राखिएको भन्दै सुरुदेखि नै रुष्ट व्यवसायीले थप दबाब बढाउन केही समयदेखि धर्नालगायतका विरोधका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *