आन्दोलनमा नेपाल पशुपन्छी औषधि व्यवसायी संघ

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ र नेपाल औषधि व्यवसायी संघको संयुक्त रूपमा गठन गरिएको संघर्ष समितिले औषधि व्यवस्था विभाग, बिजुलीबजारमा शान्तिपूर्ण धर्ना प्रदर्शन गरेको छ।

औषधि ऐन, २०३५ अन्तर्गत दफा ११ उपदफा ५ खारेज गर्नुपर्ने माग राख्दै व्यवसायीहरूले आज धर्ना दिएका हुन्।

ऐनमा रहेको विवादास्पद उपदफा खारेजीको माग गर्दै संघका सदस्यहरूले ‘हाम्रो जायज माग पूरा गर’, ‘औषधि ऐन, २०३५ को दफा ११ उपदफा ५ खारेज गर’ लेखिएका प्लेकार्ड तथा नारासहित विरोध प्रदर्शन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *