कान्तिपुर भेटका सञ्चालक हेमराज बडाल र सुना सुवेदी धरौटीमा रिहा
काठमाडौं । भेटेरिनरी औषधि आयातकर्ता कम्पनी कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रालि का सञ्चालक हेमराज बडाल (ऋषि) र उनकी श्रीमती सुना सुवेदीलाई जिल्ला अदालत ललितपुरले धरौटीमा रिहा गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुवैजनालाई भन्सार शुल्क लाग्ने गरी आयातका लागि दिइएको सिफारिस पत्र कीर्ते गरी दर्ता नै नभएका पशु औषधि आयात गरेको आरोपमा पक्राउ गरेको थियो।
सुवेदीलाई सीआईबीले असोज २४ गते पक्राउ गरेको थियो भने बडाललाई असोज ३० गते साँझ काठमाडौंबाट नियन्त्रणमा लिइएको थियो। लिखतसम्बन्धी कसुरमा उनीहरूविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो।
जिल्ला अदालत ललितपुरका सूचना अधिकारी टिकाध्वज कार्कीका अनुसार, मंगलबार पेशीमा उपस्थित गराइएपछि अदालतले दुवैजनालाई जनही रु. १०÷१० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।आदेश बमोजिमको रकम नगदै जम्मा गरेका बडाल दम्पती हिजोनै रिहा भएको सूचना अधिकारी कार्कीले जानकारी दिए ।
