काठमाडौं महानगरपालिकाले वडाअनुसार कुकुर बन्ध्याकरणका लागि संस्थाहरू तोकियाे
काठमाडौं । सामुदायिक कुकुरको जनसंख्या नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सुरु गरेको कुकुर बन्ध्याकरण अभियानलाई प्रभावकारी बनाउन विभिन्न पशु कल्याण संस्थाहरूसँग सहकार्य गर्दै वडाअनुसार जिम्मेवारी तोकेको छ।
महानगरले सार्वजनिक गरेको विवरणअनुसार, तोकिएका संस्थाहरूले आफ्नो जिम्मामा रहेका वडाहरूमा सामुदायिक कुकुर समात्ने, बन्ध्याकरण गर्ने, खोप लगाउने र उपचारपछि २४ घण्टाभित्रै पूर्ववत् स्थानमा फिर्ता पठाउने कार्य गर्ने छन्।
महानगरले कुकुर समात्ने टोली आउँदा पाल्तु कुकुर सुरक्षित राख्न र कार्यमा सहयोग गर्न सबै नागरिकलाई आग्रह गरेको छ।
बन्ध्याकरणका लागि छनोट गरिएका संस्थाहरू र तिनीहरूले जिम्मेवारी पाएका वडा यसप्रकार छन्–
१. स्नेहाज केयर — वडा नं. १२, १४, २२, १३, ०८
२. क्याट क्लिनिक — वडा नं. ११, २१, २२, २६, २८, ३०
३. एसपीसीए नेपाल — वडा नं. ०३, ०४, ०५, १६, १७, १८, २७
४. मण्डला भेटेरिनरी अस्पताल — वडा नं. ०६, ३२, ३१, १०, २३, २५
५. क्याट सेन्टर — वडा नं. १५, १९, ०९, ०२, ०१, २०, २४, २९
काठमाडौं महानगरपालिकाले सबै नागरिकलाई यो अभियानमा सहयोग र सहभागिता जनाउन अनुरोध गरेको छ।
