कार्तिक मसान्तसम्म दर्ता नगरे परीक्षा पास नगरी व्यवसाय गर्न नपाइने

काठमाडौँ:पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‌ले २०८२ कात्तिक मसान्तसम्म दर्ता नगर्ने व्यवसायीलाई अनिवार्य परीक्षा प्रणालीमार्फत मात्र परिषद्‌मा दर्ता गरिने व्यवस्था गरेको छ।

आज गोरखापत्र राष्ट्रिय दैनिक मा प्रकाशित सूचनाअनुसार, २०८२ कार्तिक ३० गते राति १२ बजेभित्र परिषद्को विद्यमान प्रक्रियाअनुसार नाम दर्ता नगरेका व्यवसायीलाई परीक्षा उत्तीर्ण गरेपछि मात्र दर्ता गर्न सकिनेछ।

परिषद्को २०८२ भदौ १४ गते बसेको बैठकको निर्णयअनुसार, परिषद् ऐन २०७९ र परिषद् नियमावली २०८१ का नियम १० र ११ मा आधारित यो व्यवस्था लागू गरिएको हो। परिषद्ले २०७९ असार १७ गतेअघि व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई हालसम्मको सजिलो प्रक्रियाअनुसार दर्ता गर्ने सुविधा प्रदान गर्दै आएको छ। तर तोकिएको म्यादसम्म नाम दर्ता नगरेका व्यवसायीलाई परीक्षा पास गर्नुपर्ने व्यवस्था कार्तिक ३० पछी अनिवार्य भएको परिषद्का रजिस्ट्रार जनक बहादुर रावलले जानकारी दिएका छन्।

दर्ता गर्न इच्छुक व्यवसायीहरूले परिषद्को आधिकारिक वेबसाइट www.ahlspc.gov.np मा उपलब्ध member online system मार्फत दरखास्त पेश गर्नुपर्नेछ। परिषद्ले तोकिएको समयसीमाभित्र दर्ता नगरे व्यवसाय सञ्चालन गर्न कठिनाइ हुने चेतावनी दिँदै सम्बन्धित सबैलाई शीघ्र दर्ता प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *