दाना संघमा नयाँ नेतृत्व, सापकोटा बने अध्यक्ष

काठमाडौं । दाना उद्योगीहरूको छाता संगठन नेपाल दाना संघले नयाँ नेतृत्व पाएको छ । सोमबार राजधानीमा सम्पन्न संघको अधिवेशनले उमेशचन्द्र सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष सापकोटा यसअघि संघको विभिन्न भूमिकामा थिए । अघिल्लो कार्यकालमा कोषाध्यक्ष रहेका उनी ग्लोबल एग्रो प्रोडक्स प्रालिका सञ्चालक हुन् ।

प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः ज्ञानेन्द्र पराजुली, रामकुमार पराजुली र गोपाल टण्डन चयन भएका छन् । महासचिवको जिम्मेवारी भने केशवराम थापाले पाएका छन् ।

त्यसैगरी, कोषाध्यक्षमा नारायणप्रसाद फुयाँल र देवीप्रसाद गौतम चयन भएका छन् ।

अधिवेशनले १० सदस्य पनि चयन गरेको छ । जसमा सुरेन्द्रराज प्रधान, विनोद भण्डारी, राजकुमार बञ्जरा, धर्मराज पोखरेल, दिलकुमार लामिछाने, देवकुमार गिरी, मनोज न्यौपाने, प्रयागराज काफ्ले, ओमप्रकाश तिवारी र विक्रमबहादुर सिंह रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *