भ्रष्टाचारको छायामा प्रदेश सरकार: इमानदार सचिव र विवादित मन्त्रीबीचको टकरावले शासन व्यवस्थामाथि प्रश्न

विराटनगर । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अहिले ठूलो विवादमा तानिएको छ । मन्त्री र सचिवबीचको चर्कँदो द्वन्द्वले प्रदेश सरकारको शासन प्रणाली र विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको छ । पछिल्लो घटनाक्रमअनुसार, इमानदार र कठोर प्रशासकको छवि बनाएका मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेको सरकारी गाडीको चाबी मन्त्री खगेनसिंह हाङ्गामले खोस्न लगाएपछि यो विवाद सार्वजनिक भएको हो ।

स्रोतका अनुसार, मन्त्री हाङ्गाममाथि मन्त्रालयभित्र आर्थिक अनियमितता र भ्रष्टाचारका प्रयासमा संलग्न भएको आरोप लाग्दै आएको छ । तर, यी प्रयासमा सचिव डा. पाण्डेले सहयोग नगरेपछि उनीहरूबीच लामो समयदेखि टकराव बढ्दै गएको थियो । मन्त्रीको यस किसिमको हर्कतले मन्त्रालयका कर्मचारीहरूमा पनि आक्रोश बढेको छ । एक कर्मचारीका अनुसार, मन्त्रीले बारम्बार “यो मेरो राज्य हो” भन्दै दादागिरी देखाउने र सचिवलाई अपमान गर्ने प्रवृत्तिले गर्दा यो अवस्था आएको हो ।

मुख्यमन्त्री कार्यालयमा छलफल सकेर फर्कने क्रममा डा. पाण्डेले आफ्नो गाडी नपाएपछि उनी मोटरसाइकलमा मन्त्रालय फर्कन बाध्य भए । उनले यस घटनाबारे मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश प्रमुख सचिव चन्द्रकला पौडेललाई जानकारी गराइसकेका छन् ।
विश्लेषकहरूले यस घटनालाई प्रशासनिक इमानदारीमाथि प्रहार भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूका अनुसार, मन्त्री र सचिवबीचको यो द्वन्द्वले मन्त्रालयको दैनिक कामकारबाहीमा मात्र होइन, समग्र प्रदेश सरकारको विश्वसनीयतामा नै धक्का पुगेको छ । यो घटनाले राजनीतिक नेतृत्व र प्रशासनिक निकायबीचको समन्वयमा देखिएको गम्भीर खाडललाई उजागर गरेको छ, जसले सुशासनको मुद्दालाई ओझेलमा पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *