भेटेरिनरी अभ्यासकर्ता संघद्वारा अल्ट्रासोनोग्राफी तालिम सम्पन्न

काठमाडौं । भेटेरिनरी अभ्यासकर्ता संघ नेपाल (VPAN) ले दर्तावाल र इन्टर्नी पशुचिकित्सकलाई लक्षित गरी “बेसिक्स ह्यान्ड्स–अन अल्ट्रासोनोग्राफी तालिम” सम्पन्न गरेको छ।

दर्तावाल पशुचिकित्सकका लागि तालिम साउन १६ देखि १९ गतेसम्म तथा इन्टर्नी पशुचिकित्सकका लागि भदौ २ देखि भदौ ४ गतेसम्म सञ्चालन गरिएको थियो। तीन–तीन दिनका दुई सत्रमा गरी २१ जना सहभागी लाभान्वित भएका छन्।

संघका अध्यक्ष डा. बी. सी. झाका अनुसार तालिममा सहभागी भएका चिकित्सकहरूको प्रतिक्रिया सकारात्मक रहेको छ। उहाँले भन्नुभयो, “बाहिर जे–जस्तो चर्चा भए पनि सहभागीहरूको मूल्याङ्कन गर्दा १० मध्ये ९.५ अंक प्राप्त भएको छ। सम्भवत् अब अर्को  तालिम सेप्टेम्बर १ तारिखबाट सञ्चालन गर्छौं  जसका लागि आवश्यक पर्ने १० सिटका लागी  इच्छुकहरुको कोटा पुरा भईसकेको छ ।”

गत वर्ष नयाँ कार्यसमिति निर्वाचित भएयता भेटेरिनरी अभ्यासकर्ता संघ नेपाल विभिन्न तालिम तथा पेशागत सुदृढीकरण कार्यक्रमहरूमा सक्रिय रहँदै आएको छ। यसपटकको तालिम शिवपुरी ट्रेडिङ प्रालिको सहयोगमा काठमाडौंस्थित एनिमल मेडिकल सेन्टरमा सम्पन्न भएको हो।

कार्यक्रममा डा. सुशील कुमार पौडेल र डा. अनिल अधिकारीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो भने संयोजन डा. सुवास रिमालले गर्नुभएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *