कृषि तथा पशुपन्छीतर्फका दुई सहसचिवको सरुवा

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छीतर्फका दुई सहसचिवको सरुवा गरेको छ ।

मन्त्रिपरिषद्को यही साउन २६ गते बसेको बैठकको निर्णयानुसार ७२ सहसचिवको सरुवा हुँदा कृषि तथा पशुपन्छीका दुई सहसचिव परेका हुन् ।

सरुवा हुनेमा कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.शारण कुमार पाण्डे र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कास्कीमा कार्यरत डा. प्रेरणा सेढाई भट्टराई छन् । गण्डकी प्रदेशले हालै पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय खारेज गर्ने निर्णय गरेको थियो ।

दुवै जनालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तानिएको छ ।

त्यस्तै सरकारले विभिन्न सेवा समूहमा रहेका ७० सहसचिवहरूको पनि बुधबार नै सरुवा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *