नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी

काठमाडौं । नेपाल औषधि उत्पादक संघको २०८२–८४ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। सोमबार राजधानी काठमाडौंमा सम्पन्न संघको अधिवेशनले विप्लव अधिकारीको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो।
नवगठित कार्यसमितिमा प्रभात रुङ्गटा वरिष्ठ उपाध्यक्ष, पृथ्वी राज भण्डारी (निजु) उपाध्यक्ष, सन्तोष बराल महासचिव, गिरिराज पाठक (गणेश) सचिव, र सुमित चन्द्र श्रेष्ठ कोषाध्यक्षमा चयन भएका छन्। सदस्यहरूमा शैलेस वैद्य, पंकज तिवारी, ईश्वर भण्डारी, शरदचन्द्र ओझा, सजल राज रेग्मी र प्रवन दाहाल निर्वाचित भएका छन्।
संघका निवर्तमान अध्यक्ष महेश प्रसाद प्रधान रहेका छन्।
प्रतिक्रिया