अदालतमा विचाराधीन मुद्दामाथि छलफल गर्न औषधि उत्पादक संघको आकस्मिक बैठक आह्वान

काठमाडौं। औषधि व्यवस्था विभागले मेडिभेट फार्मास्युटिकल्सविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि नेपाल औषधि उत्पादक संघले आकस्मिक बैठक बोलाएको छ। संघले अदालतमा विचाराधीन मुद्दा औषधि उद्योगकै गम्भीर सरोकारको विषय भएकाले आवश्यक छलफल, धारणा निर्माण तथा भावी रणनीति तय गर्न बैठक आह्वान गरिएको जानकारी दिएको छ।

संघका महासचिव सुदर्शन खेगुलीद्वारा सदस्यहरूलाई पठाइएको सूचनामा भोलि सोमवार, असार ३० गते दिउँसो २:४५ बजे कार्यालयमा बैठक बस्ने उल्लेख गरिएको छ।

विशेष बैठकमा संघका पूर्व अध्यक्षहरू, वर्तमान कार्यसमिति सदस्यहरू लगायत सबै सरोकारवालाहरूलाई समयमै उपस्थित भई मार्गदर्शन दिन आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *