पशुपन्छी औषधि व्यवसायी संघसहितका संघसंस्थाद्वारा मूल्य–नीति प्रतिवेदन खारेजीको माग

काठमाडौं | नेपाल पशुपन्छी औषधि व्यवसायी संघसहित औषधि क्षेत्रका नौवटा संघ–संस्थाहरूले औषधिको मूल्य–नीति सुझाव समितिको प्रतिवेदनप्रति कडा आपत्ति जनाएका छन्।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा औषधी, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री सरोकार समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित ‘औषधी मूल्य नीति सुझाव समिति’को प्रतिवेदनमाथि गम्भीर ध्यानाकर्षण गराएको छ।  पत्रकार सम्मेलन गर्दै समितिले उक्त प्रतिवेदन सेवाग्राहीको हितमा नरहेको र सरोकारवाला संघ संस्थाहरुलाई पाखा लगाइएको आरोप लगाएको छ।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त प्रतिवेदनमा प्रभावी मूल्यांकन बिना भ्रममूलक, अव्यवहारिक र अनुपयुक्त औषधीहरु सेवाग्राहीले अपवादका रुपमा नेपालमा प्रयोग गरे पनि वा पीडादायी वातावरण सिर्जना गर्ने भएकोले त्यो सेवाग्राहीलाई पीडामाथि पीडा थप्ने कार्य अनिवार्य मुखी प्रतिवेदनको मस्यौदा गर्ने सम्बन्धित निकायबाट यथासम्बन्ध हटाई सो प्रतिवेदन खारेज गरी वा सम्बन्धित सरोकार राख्ने संघ संस्थाहरुको सल्लाह र सुझावका आधारमा पुनरलेखन गरियोस् भनि माग गर्दछौं।”

समितिले २०७५ माघ २ गतेको औषधी परामर्श परिषद्को बैठकले गरेको वैज्ञानिक र भौगोलिक यथास्थितिपरक निर्णयलाई बेवास्ता गरी अहिलेको प्रतिवेदन ल्याइएकोमा आपत्ति जनाएको छ। महेश प्रसाद प्रधान (संयोजक, औषधी, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री सरोकार समिति तथा अध्यक्ष, औषधी उत्पादक संघ (APPON)) ले “यस प्रतिवेदन प्रस्तुतिले सेवाग्राही र व्यवसायीहरुलाई मानसिक त्रास, असुरक्षा, लगानीको जोखिम र अपमानको भावनाका साथै विकृतलुक तथा स्वास्थ्यकर्मीहरुलाई गम्भीर लागाइएको र स्वास्थ्य तथा प्रवाहमाकारीक प्रमुखत असर पार्ने अवस्था सिर्जित गरिएको छ” भन्नुभयो।

समितिले स्वास्थ्य क्षेत्रमा लगानी गरी राष्ट्रलाई सेवा दिइरहेका निजी क्षेत्रका औषधी, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री व्यवसायीहरुको मनोबलमा गम्भीर नकारात्मक असर परेकोमा चिन्ता व्यक्त गरेको छ। गम्भीर प्रकृतिका त्रुटिहरुले स्वास्थ्य क्षेत्रमा दूरगामी असर पार्ने भन्दै समितिले व्यावसायिक सुरक्षाको प्रत्याभूति गरी स्वास्थ्य सेवा प्रवाहमा हुने बाधा व्यवधान हटाउन सम्बन्धित निकायहरुलाई गम्भीरतापूर्वक विचार गर्न आग्रह गरेको छ।

भविष्यमा यस्ता घटनाहरु नदोहोर्याउन र समुचित सेवाग्राही तथा व्यवसायीमुखी व्यवस्था मिलाउन, औषधी एवम् स्वास्थ्य सेवा क्षेत्रलाई मर्यादित वातावरण निर्माण गर्न तथा औषधी उत्पादक, आयातकर्ता र व्यवसायीहरुको मनोबल उच्च राख्न २०७५ माघ २ गते औषधी परामर्श परिषद्ले गरेको वैज्ञानिक र भौगोलिक यथास्थितिपरक निर्णय लागु गर्न आफूहरु सदैव तयार रहने प्रतिवद्धता पनि व्यक्त गरेको छ।

समितिले औषधीको सहज उपलब्धता सुनिश्चित गरिरहेका औषधी उद्यमी, आयातकर्ता, व्यवसायीहरुको शान्तिपूर्वकको अनुरोधलाई २०८२ जेठ २७ गते कार्यालय समय भित्रमा २०७५ माघ २ गतेको औषधी परामर्श परिषद्को सोही बैठकले गरेको वैज्ञानिक र भौगोलिक यथास्थितिपरक निर्णय लागु नगरिएमा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ। सो असामान्य परिस्थितिबाट स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा तत्त्त्कालका निकायहरु नै हुने पनि समितिले जनाएको छ।

विज्ञप्तिमा नेपाल औषधी व्यवसायी संघ (NCDA) का उपाध्यक्ष रामचन्द्र शर्मा, नेपाल औषधी आयातकर्ता संघ (MIAN) का महासचिव पवन कुमार आचार्य, नेपाल मेडिकल एशोसिएसन (NMA) का महासचिव डा. संजिव तिवारी, नेपाल पशुपन्छी औषधी व्यवसायी संघ (VECDAN) का अध्यक्ष श् रितेश रिमाल, रसायन तथा मेडिकल आपूर्ति संघ, नेपाल (CHEMSAN) का अध्यक्ष  भरत हुमागाई, नेपाल आयुर्वेद औषधी उत्पादक संघ (AMPAN) का अध्यक्ष  सुमन पाण्डे, नेपाल निजी अस्पताल संघ (APHIN) का अध्यक्ष प्रा. श्यामकृष्ण जोशी र नेपाल औषधी थोक व्यवसायी संघ (PDAN) का अध्यक्ष गणेश नेपालले हस्ताक्षर गरेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *