नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. केदार सुवेदी विजयी(मत परिमाण सहित)

काठमाडौं। नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) को २०८२ केन्द्रीय अधिवेशन शनिबार काठमाडौंको बत्तिसपुतलीमा सम्पन्न भएको छ। यस अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट डा. केदार सुवेदी अध्यक्षमा विजयी भएका छन्।

कूल ७१२ जना मतदाता रहेकोमा अध्यक्ष पदका लागि भएको मतगणनामा डा. सुवेदीले ३०३ मत प्राप्त गरी आफ्ना निकटतम प्रतिस्पर्धी डा. केदारराज पाण्डेलाई पछि पारेका छन्। डा. पाण्डेले २१६ मत प्राप्त गर्दा अर्का उम्मेदवार डा. उमेश दाहालले १७० मत ल्याएका छन्।

अन्य पदमा निर्वाचित हुनेहरूमा महासचिवमा डा. शंकर न्यौपाने ३४१ मत र कोषाध्यक्षमा डा. विकास श्रेष्ठ ३६७ मतरहेको छ।

सदस्य पदमा डा. गणेश रानाभाट ३७१ मत, डा. सुशीलकुमार राई ३५४ मत, डा. नविन पन्थी ३३९ मत, डा. साधना घिमिरे ३३९ मत, डा. सरद नरसिंह अमात्य ३०७ मत, डा. दिनेश अर्याल ३८९ मत सहित विजयी भएका छन्।

IMG_5786-scaled.jpeg

अधिवेशनको उद्घाटन समारोहमा कृषिमन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। मन्त्री अधिकारीले छात्रवृत्तिमा अध्ययन गरेका पशु चिकित्सकहरूले मेडिकल चिकित्सकहरूजस्तै गाउँ-गाउँमा पुगेर सेवा गर्नुपर्नेमा जोड दिएका छन्। उनले “एक स्थानीय तह, एक पशु चिकित्सक” कार्यक्रम कार्यान्वयनका लागि बजेट व्यवस्था भइसकेको जानकारी दिँदै एनभिएसँग आवश्यक समन्वय र सहयोगको अपेक्षा राखेका थिए। मन्त्री अधिकारीले हालै नेपाल–चीनबीच भएको भैंसीको मासु निर्यात सम्झौता र देशको पशुपालन व्यवसायमा आत्मनिर्भरता हासिल भएको कुरा उल्लेख गर्दै पशुजन्य उत्पादनको निर्यात वृद्धि तथा कृषकको आयवृद्धिमा पशु चिकित्सकहरूको योगदान महत्त्वपूर्ण रहेको बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *