पेसाको मर्यादा र सुधारको प्रतिबद्धता

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनको उपाध्यक्ष पदमा डा. राजेन्द्र प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । एशोसिएसनको एक कार्यकाल केन्द्रीय सदस्य र अर्को कार्यकाल महासचिवको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका यादव क्रमशः उपाध्यक्ष बनेका हुन् ।

उनी आफूलाई निर्विरोध नेतृत्वमा पठाएकोमा सम्पूर्ण एनभिए परिवारलाई विशेष धन्यवाद दिएँ । उनले आफू उम्मेदवार रहँदा आम भेटेरिनरीयनलाई बताएका आफ्ना प्रतिबद्धताहरू अक्षरशः पालना गर्ने पनि बताएका छन् ।
यादवले भेटेरिनरी पेसालाई मर्यादित बनाउने, दर्तावाल पशु चिकित्सकलाई सरकारी सेवामा प्रवेश गर्दा आठौँ तहको सुनिश्चितता गर्ने, र निजी क्षेत्रमा कार्यरत पशु चिकित्सकका सेवा सुविधाका लागि वकालत गर्न पछि नपर्ने बताएका छन् ।
उनले भेटेरिनरी शिक्षण संस्थाको सुदृढीकरण नगरी पेसामा आमूल परिवर्तन आउन नसक्ने बताउँदै, भेटेरिनरी शिक्षण संस्थाहरूलाई सुदृढीकरण र मर्यादित बनाउन आफू एनभिएको उपाध्यक्षको रूपमा सकेसम्म इमान्दार पहल गर्ने बताएका छन् ।

उनका अनुसार, पशुजन्य पदार्थको निर्यात प्रवद्र्धन गरेर भेटेरिनरी पेसालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउनु पर्नेछ, र त्यसका लागि आफ्नो हैसियतअनुसार सम्पूर्ण प्रयास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *