कोषाध्यक्षका लागि योग्य छु, मलाई जिताउनुहोस्

यही जेठ १७ गते हुन गइरहेको एनभिएको अधिवेशनमा मैले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । पशु चिकित्सक र पशु चिकित्सा क्षेत्रको विकासका लागि एनभिएरमा रहेर केही योगदान गर्नुपर्छ भन्ने लागेर मैले कोषाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।
कोषाध्यक्ष भनेको व्यवस्थापकीय पद हो । व्यवस्थापकीय काम गर्दै आइरहेकाले मैले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । एनभिएको निर्वाचनमा उम्मेदवारी दिने सोच भए पनि केमा दिने भन्ने टुंगिएको थिएन । साथीभाइहरूले कोषाध्यक्षका लागि तिमी योग्य छौं भन्ने सुझाव दिएकाले पनि मैले यसमा उम्मेदवारी दिएको हुँ ।
संगठनमा कोषाध्यक्षको आफ्नै भूमिका र जिम्मेवारी हुन्छन् । त्यो भूमिकालाई कुशलतापूर्वक निर्वाह गर्नेबाहेक मेरो अरू कुनै एजेण्डा छैन ।
एनभिएको केन्द्रमा मैले पहिलो पटक उम्मेदवारी दिएको हुँ । यो उम्मेदवारी मैले कुनै पनि प्यानलबाट दिएको होइन । कोषाध्यक्ष पदका लागि योग्य भएकाले आफ्नो जित हुनेमा विश्वस्त छु । म सम्पूर्ण भेटेरिनरियनहरूलाई जेठ १७ मा हुन गइरहेको अधिवेशनमा मलाई जिलाएर काम गर्ने अवसर प्रदान गर्न अनुरोध गर्न चाहन्छु ।