पारदर्शिता, जवाफदेहिता र वित्तीय स्थायित्वका लागि मेरो उम्मेदवारी

कोषाध्यक्षको आफ्नै कार्यप्रकृति हुन्छ । कोषाध्यक्षले गर्ने कामलाई निरन्तरता दिँदै पारदर्शिता, जवाफदेहिता र वित्तीय स्थायित्व सुनिश्चित गर्न मैले यो पदमा उम्मेदवारी दिएको हुँ ।
एनभिए स्थापना भएको वर्षौं भइसक्यो । तर अहिलेसम्म पनि यो आफ्नो खुट्टामा उभिन सकेको छैन । यस्तो स्थितिमा लेखा तथा कोषको व्यवस्थापन र सञ्चालनको माध्यमबाट केही योगदान दिन सक्छु कि भन्ने अपेक्षा मैले राखेको छु ।
एनभिए निर्वाचनमा मेरो कुनै प्यानल वा समूह छैन । केवल भेटेरिनरियनको नाताले उम्मेदवार बनेको हुँ । कोषाध्यक्ष भएर निष्ठापूर्वक, पारदर्शी ढंगले काम गर्ने मेरो एजेण्डा छ । भेटेरिनरियनले मलाई मत दिएर विजयी गराउनेमा अत्यन्तै आशावादी छु ।
अघिल्लो कार्यकालहरूमा कार्यव्यस्तताका कारण कोषाध्यक्षहरूले पर्याप्त समय दिन सक्नु भएको थिएन । उपत्यका बाहिर कार्यरत हुँदा पनि संगठनमा समय दिन कठिनाइ भएको देखियो । तर मेरो हकमा त्यस्तो हुनेछैन । काठमाडौंमै क्लिनिक सञ्चालन गरेर अभ्यास गरिरहेकाले पर्याप्त समय दिनसक्ने स्थिति छ । संगठनलाई भरपूर आफ्नो समय दिनसक्छु भन्ने विश्वास पनि म तपाईंमार्फत व्यक्त गर्न चाहन्छु ।