अधिवेशनले यो कुरामा ध्यान दिए हुन्थ्यो

नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) ले लामो समयदेखि पशुपन्छी चिकित्सकहरूको हकहितको मुद्दा उठाउँदै आइरहेको छ । पशुपन्छी चिकित्सकको छाता संगठनका रूपका क्रियाशील एनिभएले यही जेठ १७ गते एकसाथ आफ्‌नो वार्षिक साधारणसभा तथा अधिवेशन गर्दैछ । एनभिएले अधिवेशनका क्रममा उठाउने मुद्दा र नयाँ नेतृत्वलाई लिएर अहिलेदेखि नै पशुपन्छी क्षेत्रमा बहस सुरु भएको छ । यसै सन्दर्भमा हामील नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघ अध्यक्ष रेवतीरमण निरौला संग सम्पर्क गरेर एनभिएले अधिवेशनमा कस्ता मुद्दा उठाउनु पर्ला र यसको आगामी नेतृत्वसँग तपाईंहरूको अपेक्षा के छ भनेर सोधेका छौं ।हेरौ निरौलाको भनाई यस्तो छ :

नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) एकदमै राम्रो व्यावसायिक संगठन हो । सुरुमा यो सानो भए पनि अहिले बृहत् बनेको छ ।

यो संस्थासँग हाम्रो संगठन नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघको एकदमै राम्रो सम्बन्ध छ । सहकार्य गरेर हामीले धेरै पटक सँगसँगै कामसमेत गर्‍यौं । केही समयअघि उहाँहरूले आन्दोलन गर्नुभएको थियो, त्यसमा हामीले ऐक्यबद्धता जनाएका थियौं । सारमा भन्नु पर्दा एनभिएसँग विगतदेखि नै हाम्रो सुमधुर सम्बन्ध छ, अद्यपि कायम छ ।

आन्दोलनको समयमा ऐक्यबद्धता जनाउन गएका हामीले राइट टू प्रोटिन रन म्याराथन दौड आयोजना गर्दा पनि एनभिएलाई सहयोग गरेका थियौं । यसबाहेक एनभिएले गर्ने अन्य कार्यक्रममा पनि हामीबीच सहकार्य हुने गरेको छ ।
पशु चिकित्सकहरूको छाता संस्था एनभिएको यही जेठ १७ गते अधिवेशन हुन गइरहेको छ । अधिवेशन मिति तय भएसँगै चुनावी माहोल पनि तातिएको छ ।

निर्वाचनमा गएपछि हार र जित हुन्छ । जसले जिते पनि संगठन बलियो होस्, राम्रो होस् भन्ने शुभकामना भेट टाइम्स मासिकमार्फत व्यक्त गर्दछु । अधिवेशनबाट सक्षम, सबल र सबैको आवाज सुन्ने, हकहितका लागि काम गर्ने नेतृत्व आउनेछ भन्ने मेरो विश्वास छ ।

मेरो विचारमा यो अधिवेशनमा सम्पूर्ण भेटेरिनरी व्यवसायीको मुद्दा उठाउनु पर्छ । सरोकारवाला संगठननहरूसँग सहकार्य गर्ने कुरालाई पनि यसले ध्यान देओस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *