पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को रजिष्ट्रारमा जनकबहादुर रावल नियुक्त

काठमाडौं |पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को रजिष्ट्रार पदमा नेल्टा नेपालका अध्यक्ष एवं नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय महासचिव जनकबहादुर रावल नियुक्त भएका छन्। खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत सम्पन्न नियुक्ति प्रक्रियामा रावलले उत्कृष्ट प्रस्तुति र योग्यता प्रदर्शन गर्दै नियुक्त भएका हुन्।

यसअघि, समितिको चैत २७ गते बसेको बैठकले दरखास्त दिएका आवेदकहरूको स्वीकृत नामावली सार्वजनिक गरेको थियो। उक्त सूचीमा खडककुमार मैनाली, पूर्णबहादुर बुढा, मिथिलेशकुमार कर्ण, योगेन्द्रप्रसाद शर्मा, सीताराम ओली, हिमालय पोखरेल तथा जनकबहादुर रावल को नाम समावेश गरिएको थियो।

रावलको नियुक्तिसँगै पशु सेवा क्षेत्रको सुदृढीकरण, नीति निर्माणमा पारदर्शिता तथा सेवा प्रभावकारिता अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *