नेपाल भेटेरिनरी एशोसिएसनको निर्वाचन : १२ पदको लागी २२ जनाको उम्मेदवारी

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनको आगामी १७ गते हुने नयाँ नेतृत्व चयनको लागि एशोसिएसनको विधान २०७३ (चौथो संशोधनसहित) अनुसार हुने आसन्न निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ।
निर्वाचन अधिकृतको कार्यालयले सोमबार सार्वजनिक गरेको सूची अनुसार अध्यक्ष पदका लागि तीन जना उम्मेदवारले मनोनयन दिएका छन्। अध्यक्ष पदमा डा. उमेश दाहाल, डा. केदारराज पाण्डे र डा. केदार सुवेदीबीच प्रतिस्पर्धा हुने भएको छ।
यस्तै, उपाध्यक्ष पदमा डा. राजेन्द्र प्रसाद यादवको एकल उम्मेदवारी परेको छ भने महासचिव पदमा डा. चिरञ्जीवि पन्थ र डा. शंकर न्यौपानेबीच प्रतिस्पर्धा हुनेछ। सचिव पदका लागि डा. विशाल पोखरेलको एकल उम्मेदवारी परेको छ।
एशोसिएसनको कोषाध्यक्ष पदमा डा. विकास श्रेष्ठ र डा. सौरभ श्रेष्ठ प्रतिस्पर्धामा छन् भने प्रधान सम्पादक पदमा डा. हिमाल लुइटेल एकल उम्मेदवार रहेका छन्।
केन्द्रीय सदस्य पदका लागि १२ जना उम्मेदवार रहेका छन्, जसमा डा. अजयराम ओझा, डा. अमिक श्रेष्ठ, डा. गणेश रामनाभाट, डा. मदन भण्डारी, डा. दिनेश अर्याल, डा. नवीन पन्थी, डा. पर्वतजंग थापा, डा. रुपक कँडेल, डा. शरदनरसिंह अमात्य, डा. साधना घिमिरे, डा. सचिन भट्टराई र डा. सुशिल कुमार राय छन्।
एशोसिएसनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र प्रधान सम्पादक पदमा एक–एक जना निर्वाचित हुनेछन् भने केन्द्रीय सदस्यतर्फ ६ जना निर्वाचित हुनेछन्।
उम्मेदवारहरूको दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय सीमा जेठ १४ गते दिउँसो १ बजेसम्म तोकिएको छ भने उम्मेदवारहरूको अन्तिम नामावली सोही दिन दिउँसो २ बजे सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
हेर्नुहोस सूची