एनभिए मधेश प्रदेशका नव निर्वाचित पदाधिकारीलाई सम्मान

काठमाडौं । नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघ, वीरगञ्ज शाखा र एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर्सले  नेपाल भेटेरिनरी एशोसिएसन, मधेश प्रदेशका नव निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सम्मान गरेका छन्।

शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा एभीपीका अध्यक्ष कमलेश गुप्ताले सभापतित्व गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि पशु क्वारेन्टिन कार्यालय, वीरगञ्जका डा. राकेश मोहन सिंह थिए। सो अवसरमा विशिष्ट अतिथि डा. हरेराम यादव रहेका थिए।

कार्यक्रममा वीरगञ्जका भेटेरिनरी व्यवसायीहरू, नेपाल भेटेरिनरी एशोसिएसनका पदाधिकारीहरूलगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।

हालै सम्पन्न एनभिए मधेश प्रदेशको निर्वाचनमा डा. दिनेश तिवारी अध्यक्ष चयन भएका छन् भने डा. पवन कुमार झा उपाध्यक्ष, डा. सुवास कुमार सिंह सचिव, डा. सुदिप शर्मा सहसचिव र डा. सुवाष झा कोषाध्यक्षमा निर्वाचित भएका छन्।

त्यस्तै, कार्यसमितिमा सदस्यका रूपमा डा. विशाल यादव, डा. जितेन्द्र कुमार यादव, डा. रवि यादव, डा. श्रीकृष्ण शाह, डा. अमर कुमार शाह र डा. मनिष झा रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *