नेपाल पशुपन्छी औषधि व्यवसायी संघको केन्द्रीय सदस्यमा हरिबहादुर भुजेल मनोनित

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ केन्द्रीय कार्यसमितिको गत वैशाख २८ गते मुगुको रारा तालमा सम्पन्न १०औं ऐतिहासिक बैठकले गरेका निर्णयहरू कार्यान्वयनमा ल्याइएको छ।

संघका केन्द्रीय महासचिव सादुराम ढकाल ‘आशिष’का अनुसार, आज संघको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले थप निर्णयहरूमा छलफल गर्दै कार्यान्वयनको दिशामा अगाडि बढाएको छ।

बैठकले केन्द्रीय सदस्य रत्नकुमार बडालले संघका गतिविधिमा समय दिन नसक्ने भन्दै दिनुभएको राजीनामा  स्वीकृत समेत भईसकेकोले सो रिक्त पदमा हरिबहादुर भुजेललाई केन्द्रीय सदस्यका रूपमा मनोनयन गरिएको छ।

त्यसैगरी, संघको केन्द्रीय कार्यालय स्थापनाका लागि आवश्यक पर्ने जग्गा प्राप्तिको प्रक्रिया अन्तर्गत रजिष्ट्रेसन पास गर्दा लाग्ने करिब ७ लाख रुपैयाँ बराबरको राजस्व र अन्य खर्च स्वयं जग्गा दाता तथा संघका उपाध्यक्ष सुना सेवेदी बडालले व्यहोर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी पनि बैठकमा दिइएको छ।

यस्तै, रारा बैठकले संघका प्रथम उपाध्यक्ष लक्ष्मण घिमिरेमाथि कारबाही गर्दै पदबाट हटाउने सन्दर्भमा भने उक्त निर्णयको अन्तिम टुंगो आउन बाँकी रहेको र यसबारेमा संघको अर्को बैठकले निष्कर्ष निकाल्ने महासचिव ढकालले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *