साहित्यमा कृषि प्राविधिक” समूह गठन, अध्यक्षमा डा. अमर शाह

काठमाडौं, वैशाख । कृषि तथा पशुक्षेत्रमा संलग्न प्राविधिकहरूमा रहेको साहित्यिक प्रतिभालाई खोज, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले “साहित्यमा कृषि प्राविधिक” नामक समूहको गठन गरिएको छ।

साहित्यिक रुचि र सिर्जनात्मक क्षमतायुक्त कृषि प्राविधिकहरूलाई एकीकृत गर्दै साहित्यिक अभिव्यक्तिका लागि औपचारिक प्लेटफर्म निर्माण गर्ने लक्ष्यसहित वरिष्ठ भेटेरिनरी चिकित्सक डा. अमर शाहको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो। सचिवमा डा. नवराज श्रेष्ठ रहेका छन् भने सदस्यहरूमा डा. भुवनेश्वर शर्मा, श्री रामेश्वर सिङ पाण्डे, डा. लोकनाथ पौडेल, डा. प्रदीप चन्द्र भट्टराई र डा. अनिल रेग्मी रहेका छन्।

समूहका संयोजकहरूले इच्छुक कृषि प्राविधिकहरूलाई समूहमा सहभागी हुन आह्वान गरेका छन्। “साहित्य र प्राविधिक ज्ञानको समागमले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ,” अध्यक्ष डा. शाहले बताएका छन्।

साहित्यमा रुचि राख्ने सम्पूर्ण कृषि प्राविधिकहरूलाई यो अभियानमा सक्रिय सहभागिता जनाउन अनुरोध गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *