चराउन लगिएका १७ भैंसी चट्याङले मरे

काठमाडौँ।संखुवासभाको मकालु गाउँपालिका–३, कालोपातलमा चराउन लगिएका १७ वटा भैंसी चट्याङ लागेर मरेका छन्। वर्षासँगै परेको चट्याङले भैंसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो।

मृत्यु भएका भैंसी मकालु–३ निवासी पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका रहेको प्रहरीले जनाएको छ। यस घटनामा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट करिब ३५ किलोमिटरको पैदल दूरीमा रहेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *