एनभिए गण्डकीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं – नेपाल भेटेरिनरी एशोसियसन (एनभिए), गण्डकी प्रदेशको चौथो अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ। अधिवेशनबाट डा. रुपेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो।
निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा डा. थानेश्वर भट्ट, सचिवमा डा. आशिष गौतम, सह–सचिवमा डा. अशेषराज बिक र कोषाध्यक्षमा डा. सन्तोष बास्तोला चयन भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा डा. आशिष बसौला, डा. प्रियांका भण्डारी, डा. समीक्षा फुयाल, डा. सुजन थापा मगर, डा. सुबास बेलबासे र डा. विश्व गैह्रे निर्वाचित भएका छन्।
प्रतिक्रिया