कृषिमन्त्रीको शुभकामना: नयाँ सोच र उमंगसहित समृद्ध कृषिको दिशातर्फ अग्रसर

काठमाडौँ।नयाँ वर्ष २०८२ को शुभ अवसरमा कृषी तथा पशुपन्छी विकास मन्त्री  रामनाथ अधिकारीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना सन्देश जारी गरेका छन्।

मन्त्री अधिकारीले नयाँ वर्षलाई नयाँ सोच, नयाँ उमंग र नयाँ जोशसहित देशको समृद्धिको दिशामा अग्रसर हुने अवसरको रूपमा लिँदै कृषिमा आत्मनिर्भरता, वैज्ञानिक र व्यवसायिक दृष्टिकोणको विकास जरुरी रहेको बताएका छन्। कृषिमा आधारित आधुनिक प्रणाली र नयाँ प्रविधिको प्रयोगले मात्र देशको समृद्धि सम्भव हुने उनको विश्वास छ।

शुभकामना सन्देशमा मन्त्री अधिकारीले सरकारको तर्फबाट कृषिमा विभिन्न नीतिगत सुधार, प्रविधिको प्रयोग तथा कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन्। साथै, उत्पादनशीलता वृद्धि तथा कृषकहरूको जीवनस्तर उकास्न मन्त्रालय क्रियाशील रहेको उनले उल्लेख गरेका छन्।

उनले कृषक, पशुपालक, बीउ उत्पादक, वैज्ञानिक, कर्मचारी र आम नागरिकहरूलाई पनि नयाँ वर्षको शुभकामना दिँदै आगामी दिनमा कृषि क्षेत्रबाट अझ ठूलो योगदान हुने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *