एन्टिबायोटिक औषधिमा अब रातो धर्का अनिवार्य

काठमाडौं । औषधि व्यवस्था विभागले एन्टिबायोटिक औषधिको प्याकेजिङमा रातो धर्का अनिवार्य गरेको छ ।

विभागले एक सूचना जारी गर्दै एन्टिबायोटिक औषधिको दुरुपयोग रोक्न र यसको सही प्रयोग सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ ।


विभागका अनुसार, एन्टिबायोटिक औषधिको अधिक, न्यून र अनावश्यक प्रयोगले उत्पन्न हुने एन्टिमाइक्रोबियल रेसिस्टेन्सलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रचलन अनुसार एन्टिबायोटिक औषधिहरुको प्याकेजिङमा रातो धर्का लगाउने अभ्यास रहेको छ ।

यसअघी विभागले यस्तो सूचना प्रकाशन गरेको भए पनि कम्पनीहरुले उत्पादन गरेका औषधिहरुमा रातो धर्काको आकार र स्थानमा एकरुपता नभएको र उपभोक्तालाई पहिचान गर्न असहज भएको गुनासो आएपछि विभागले पुनः स्पष्ट निर्देशन जारी गरेको हो ।

विभागले एन्टिबायोटिक औषधिहरु चिकित्सकको सिफारिसमा मात्र बिक्रीवितरण गर्न र बिरामीले पनि चिकित्सकको पूर्जीको आधारमा मात्र प्रयोग गर्न अनुरोध गरेको छ । यदि कसैले कानुन विपरीत चिकित्सकको सिफारिस बिना यस्ता औषधि बिक्रीवितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *